• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आईपीएल: दोस्रो स्थानको लागि हैदरावाद र दोस्रो जितको लागि बेंगलुरु भिड्दै ★   सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ: प्रधानमन्त्री ★   जब पन्तले धोनीको सिग्नेचर हेलिकप्टर शट खेले… ★   प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! ★   १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री ★   समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ: उद्योगमन्त्री भण्डारी (अन्तरवार्ता) ★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी ★   ट्रयाक्टरले किचेर एकको मृत्यु ★   चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

मेलवर्नमा सुरु भयो नेपाल महोत्सव २०१४



मेलबर्न । नेपाल महोत्सव २०१४ को मेलबर्न संस्करण आज (शनिबार) सुरु भएको छ ।
महोत्सवको पहिलो दिन आज मेलबर्नको होटल RYDGES मा नेपालको पर्यटन र लगानीको सम्बन्धमा कार्यशाला आयोजना गरिएको छ ।
कार्यशालामा नेपालको पर्यटन विकासमा कस्तो योगदान गर्न सकिन्छ र विदेशी नागरिकलाई नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने उपायका विषयमा छलफल हुनेछ । कार्यशालामा अष्ट्रेलियामा रहेका विज्ञहरुका साथै नेपालबाट आएका विभिन्न व्यक्तित्वहरुले अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।
महोत्सवमा सहभागी हुन नेपालबाट नेपाल उद्योग वाणिज्इ महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी लगायतका व्यापारी र व्यवसायीहरु मेलवर्न आएका छन् ।
महोत्सवमा एनआरएनआईसीसीका अध्यक्ष शेष घले, भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली लगायत अष्ट्रेलियामा रहेका अन्य सफल व्यवसायीहरु सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुन र पर्यटन प्रर्बदनका बारेमा अनुभव साट्न नेपाल टेलिभिजनका अध्यक्ष एवं कलाकार नीर शाह पनि मेलबर्नमा छन् ।
आज कार्यशाला सकिएपछि गाला डिनरको आयोजना गरिएको छ ।
महोत्सवको आकर्षणका रुपमा आइतबार मध्यान्ह पञ्चेबाजाको साथमा परेड गरिनेछ । परेड स्टेट लाईब्रेरीबाट कार्यक्रमस्थल फेडरेशन स्क्वायरसम्म हुने कार्यक्रम छ ।
फेडेरेशन स्क्वायरमा नेपाली कला संस्कृतिलाई अष्ट्रेलियन समाजमा चिनारी दिनका निम्ति विविध सांस्कृतिक कार्यक्रमका साथ फुड फेष्टिभलको आयोजना समेत गरिने भएको छ ।
अपरान्ह ४ बजेदेखि औपचारिक कार्यक्रम हुनेछ । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले आफ्नो मन्तव्य राख्नेछन् भने बीच बीचमा विभिन्न सांस्कृतिक प्रस्तुतीको कार्यक्रम समेत राखिएको छ ।
साँझ ६ बजेदेखि राती १० बजेसम्म भने कन्सर्ट आयोजना गरिने नेपाल फेष्टिबल मेलवर्नका संयोजक ऋषि कँडेलले अनलाइन चौतारीलाई जानकारी दिए ।
कन्सर्टमा दर्शकहरुलाई मनोरञ्जन दिन नेपालबाट सविन राई, मिलन लामा लगायतका कलाकार मेलवर्न आएका छन् भने स्थानीय कलाकारको आकर्षक प्रस्तुति समेत रहने भएको छ ।
यसअघि अष्ट्रेलियाको सिड्नी र पर्थमा नेपाल फेष्टिबल भव्य रुपमा सम्पन्न भैसकेको छ ।




भर्खरै