• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु ★   तातो हावा ‘लू’बाट बच्न के गर्ने ? ★   कतारका अमिर स्वदेश फिर्ता ★   च्याम्पियन्स ट्रफी २०२५ मा खेल्न भारतीय टोली पाकिस्तान नजाने ! ★   दिल्लीको ल्याण्डफिल साइटमा आगलागी ★   धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी ★   इम्प्याक्ट प्लेयर नियमविरुद्ध उभिए आरोन फिन्च ★   आईपीएलः दिल्लीसँगको हारको बदला लिने दाउमा गुजरात

यस्तो छ, सांस्कृतिक कार्यक्रमको तयारी



मेलवर्न । मेलवर्नमा सुरु भएको नेपाल फेष्टिबल अन्तर्गत आज (शनिबार) विभिन्न कार्यशालाहरु भैरहेका छन् । कार्यशालामा नेपालको पर्यटन प्रबद्र्वन र लगानीका विषयमा गम्भिर छलफल भैरहेको छ । नेपाल फेष्टिबल अन्तर्गत आजको कार्यशाला सकिएपछि भोलि सांस्कृतिक महोत्सवको कार्यक्रम राखिएको छ ।
सांस्कृतिक महोत्सवमा नेपालबाट पुगेका कलाकारहरुका साथै स्थानीय कलाकारले पनि प्रस्तुती देखाउन आफ्नो तयारी गरेका छन् । जस अन्तर्गत विभिन्न ठाउँमा कलाकारहरुले रिहल्र्सल गरेका छन् । तीन महिनाको कडा मिहनेत पछि नेपाल फेष्टिबलका लागि स्थानीय कलाकारहरु तयार भएका छन् । नेपालको भाषा र संस्कृति झल्किने प्रस्तुती देखाउने गरी गरिएको उनीहरुको तयारी पुरा भएको जनाइएको छ ।
यस्तै, नृत्यका लागि पनि त्यहाँ रहेका नेपाली कलाकारहरुले लामो समय तयारी गरेका छन् । बालबालिकाको नृत्य सहितको प्रस्तुतीका लागि गरिएको तयारी पुरा भएको जनाइएको छ ।
मेलवर्नमा जारी नेपाल फेष्टिबल अन्तर्गत आइतबार हुने सांस्कृतिक महोत्सवका लागि नेपालबाट मेलवर्न पुगेका सविन राई र इलेक्ट्रोनिक व्याण्डले पनि अन्तिम तयारी गरेको छ । साँझ ६ बजे देखि दश बजेसम्म हुने सांस्कृतिक कार्यक्रम र कन्सर्टमा उक्त प्रस्तुती देखाइनेछ ।
यसै गरी तिव्वतियन कलाकारले नेपालको कला झल्किने खालको डिजाइनमा काठमा कुँदेर आकर्षक बुट्टा बनाएका छन् ।
यस्तै, कुमार र रस्याले नेपालको लाखे नाचको झल्को दिने गरी तयारी गरेका छन् । नेपाली संस्कृतिको बारेमा विशेष अवगत गराउन उनीहरुको यो प्रस्तुती हेर्न लायक हुने अपेक्षा गरिएको छ ।
नेपालका चर्चित गायक मिलन लामा आफ्नो प्रस्तुती दिनका लागि मेलवर्न पुगिसकेका छन् । नेपालबाट पुगेका कलाकार र स्थानीय कलाकारको प्रस्तुतीले नेपाल फेष्टिबलमा नयाँ रौनक छाउने र सहभागीहरुले भरपुर मनोरञ्जन लिन सक्ने अपेक्षा गरिएको छ ।