• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नहोस: रवि लामिछाने ★   फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु ★   माओवादी नेता हरिवोल गजुरेलको दाबी – सुहाङले जितीसके ★   कृषिमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरी: कृषिमन्त्री साह ★   प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैन: कुलमान घिसिङ ★   सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नुपर्छ – सुहाङ ★   यस्तो छ इरफान पठानले टी–२० विश्वकपका लागि छानेको भारतको १५ सदस्यीय टोली ★   एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै ★   कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ ★   जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

‘टलकजंग भर्सेस टुल्के’लाई दर्शकको साथ



निश्चल बस्नेत निर्देशित दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले राजधानीका हलहरुमा सन्तोषजनक ब्यापार गर्न सफल भएको छ । वितरण कम्पनी पपकर्नका माधव वाग्ललेका अनुसार ‘टलकजंग भर्सेस टुल्के’को अकुपेन्सी सिङ्गल स्टेशनको दाँजोमा मल्टिप्लेक्स स्टेशनमा उच्च छ । राजधानीका क्युएफएक्स अन्र्तगतका सिभल मल, कुमारी, जय नेपालमा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ले ७ शो पाएको छ । त्यस्तै सुन्धाराको सिने दि सेफ, कमलपोखरीको बिग मुभिज, चावाहिलको गोपिकृष्ण सिनेमा घर, बालाजुको अष्ट नारायण, ग्वार्कोको गुण सिनेमा हल लगायत हलमा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शनरत छ । चलचित्र हेरेका दर्शकहरुले सामाजिक सञ्जलमार्फत चलचित्रको प्रसंसा गरेका छन् ।

मोफसलमा कार्तिक २१ गतेबाट प्रदर्शन हुने चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ निर्देशक निश्चल बस्नेतकै कारणले प्रतिक्षित बनेको थियो । सफल चलचित्र ‘लुट’ पछि बस्नेत निर्देशित दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’बाट दर्शकहरु बढी अपेक्षित हुनु पनि श्वभाबिक नै हो । चलचित्र ‘टलकजंज भर्सेस टुल्के’ मा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ राई, सुशांक मैनाली लगायतको अभिनय छ । षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रलाई रामकुमार बनिया, रोजिना सिटौला र सिता श्रेष्ठको पनि लगानी रहेको छ । खगेन्द्र चलचित्रका लेखक समेत हुन् । लप्पन छप्पन नजान्ने एक सोझो गाँउले ठिटोले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रमा उठान गरिएको छ । द्धन्द्धकालिन पृष्ठभूमिमा टुल्के नाम गरेको पात्रले समाजमा आफ्नो अस्तित्व स्थापित गर्न गर्नु परेको संघर्ष नै ‘टलकजंग भर्सेस टुल्के’ को मूल सार हो ।