• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली ★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ?

बैशाखमा आउनेभयो ‘होस्टेल रिटर्न्स’



नेपाली चलचित्र ‘होस्टेल रिटर्न्स’को रिलिज मिति घोषणा भएको छ । यो चलचित्र बैशाख २५ गतेदेखि देशब्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ । संपूर्ण छायांकन बुटवलमा गरिएको यो चलचित्र अहिले सम्पादन टेबुलमा छ । निर्माता सुनिल रावलका अनुसार चलचित्रलाई नयाँ प्रचार रणनीतिअनुसार दर्शकमाझ लैजाने तयारी भैरहेको छ ।

सुरज भुषाल निर्देशित चलचित्रले छात्रावासको जीवनशैली, बसोबास गर्ने विद्यार्थीबीचको मतमतान्तरको कथा पेश गर्छ । ‘हामी प्लस टु परिक्षा सकिएको सातापछि चलचित्रलाई हलमा लैजाने पूर्ण तयारीमा छौं’ मिति घोषणाबारे निर्माता रावलले भने । यसअघि सायद र होस्टेल निर्माण गरेको दुर्गिश फिल्मसको यो तेस्रो प्रोजेक्ट हो । ‘सबै कलाकारले एकदमै महत्वपूर्ण र आकर्षक अभिनय गरेका छन्’ रावलले भने, ‘पब्लिसिटी र उत्कृष्ट चलचित्र बनाउनका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’

स्वप्नील आचार्यको संगीतमा लोक र रक स्वादको मिश्रण गरिएको छ । हरि हुमागाइँको क्यामेरा, अष्ट महर्जनको एक्सन, गोविन्द राईको नृत्य निर्देशन तथा सुरज भुषाल एवं सन्तोष लम्सालको पटकथा छ ।सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीप चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दीया मास्के र निर्माता रावलको अभिनय रहेको छ ।