• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो ★   वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति ★   श्रम सम्झौता पुनरावलोकन, लगानी वृद्धिदेखि विपिनको रिहाइ पहलसम्मका विषय पर्लान् त प्राथमिकतामा ? ★   युजवेन्द्र चहलले आईपीएलमा रचे इतिहास ★   शुक्लाफाँटामा बाघ बढे, एक दशकमा तेब्बरभन्दा बढीे ★   इन्टर मिलानले जित्यो सिरी ए लिग उपाधि ★   राजतन्त्रले घुँडा टेकेर गणतन्त्रको बिजारोपण भएको दिन ★   जैसवालको शतकमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो ★   कतारका अमिर आज आउँदै, स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने ★   भारतीय दूतावासद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

लुम्बिनी अनुगमनमा भारतीय सुरक्षाकर्मी



बुटवल, १८ कार्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित भ्रमणको सुरक्षा व्यवस्थाबारे जानकारी लिन भारतीय विशेष सुरक्षा टोली सोमबार लुम्बिनी आएको छ । टोली लुम्बिनीको भूगोल र सुरक्षा तयारीबारे जानकारी लिएर सोमबारै काठमाडौं फर्किएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भम्रण गर्ने चर्चा छ । उनको भ्रमणमा गर्नुपर्ने सुरक्षा व्यवस्था र अहिलेको तयारीबारे भारतीय टोलीले जानकारी लिएको लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी गणेश केसीले बताए ।
विशेष सुरक्षा टोलीले मायादेवी मन्दिरदेखि विकास कोषको मैदानसम्म स्थलगत अध्ययन गरेर सुरक्षा व्यवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ । एसएसपी केसीका अनुसार भारतीय टोलीले लुम्बिनीमा हुने सुरक्षा तयारी तथा लोकेसनबारे जिज्ञासा राखेको थियो ।
टोलीले मोदीको भ्रमणका क्रममा सीमासहित सो क्षेत्रमा हुने सुरक्षा तयारीबारे पनि जिज्ञासा राखेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ । भारतीय टोलीसँगै नेपाली सुरक्षा निकायका अधिकृतहरूसमेत काठमाडौंबाट सँगै लुम्बिनी आएका थिए ।
दुई देशका सुरक्षा अधिकारीबीच मोदीको भ्रमणका क्रममा सुरक्षा व्यवस्था तथा त्यसअघिको निगरानी योजनाबारे पनि छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार सुरक्षा तयारीबारे ब्रिफिङपछि भारतीय टोलीले सहकार्यबाट थप सुरक्षा योजना बनाउने बताएको थियो । छलफलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सहभागी थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।