• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

यी हुन् फेसबुकका टप पाँच नेपाली नायीकाहरु



फेसबुक पछिल्लो समय कुनैपनि सेलीब्रेटीहरुको लोकप्रियता मापन गर्ने गतिलो माध्यम बनेको छ । नेपाली नायीकाहरु सामाजिक संजाल फेसबुकमा पनि सक्रिय देखिन्छन् । उनीहरुले फेसबुकमा पाएको लाइकको आधारमा टप पाँच नायीकाहरु यस प्रकार छन् ।

१ रेखा थापा  नायीका रेखा थापा फेसबुक लाइकको आधारमा अन्य नायीकाहरुसँग तुलना गर्नै नमिल्लने गरी अगाडि छिन् । उनको फेसबुक पेजलाई यो समाचार तयार गर्दा सम्म १० लाख १७ हजार ५ सय ३४ ले लाइक गरेका छन् । सम्भबत फेसबुकमा लाइक पाउने नेपालीहरुमा रेखा थापा नै अगाडि छिन् । रेखा आफ्ना गतिबिधीहरु पनि सक्रियताका साथ फेसबुकमा पोष्ट गर्ने गर्छिन् । चलचित्र हिरो बाट रजतपटमा प्रबेश गरेकी रेखाको प्रदर्शनमा आएको पछिल्लो चलचित्र हिम्मतवाली हो । यो चलचित्रको निर्देशन पनि रेखाले नै गरेकी थिइन् । चलचित्रले उत्साहजनक ब्यापार गरेको थियो । उनको अभिनय गरेका हिम्मत, किस्मत, कस्ले चोर्यो मेरो मन, काली लगाएतका चलचित्रहरु लोकपृय छन् ।

२ माल्भीका शुव्बा- सन् २००२ को मिस नेपाल बिजेता माल्भीका शुव्बा फेसबुक लाइकको आधारमा रेखा पछि दोश्रो चर्चित नेपाली नायीका हुन् । हुन त उनको चलचित्रमा अभिनय यात्रा त्यति सफल छैन । तर पनि म्यूजिक भिडियो देखि लिएर सामाजिक कार्यक्रमहरुमा उनको सक्रियताले सधैनै चचामै रहने गर्छिन् । उनको फेसबुक पेजलाई ५ लाख ७१ हजार १ सय ७० ले रुचाएका छन् । केही समय अगाडि उनले एक नेपाली चलचित्र हाउ पन्नीको निर्माण गर्ने घोषणा गरेकी थिइन् ।

३ सुस्मा कार्की – हुनत नायीका सुस्मा कार्की यतिबेला फुर्सदमा छिन् । न त उनी अभिनित चलचित्रहरुले राम्रो चर्चा नै पाएका छन् । तर पनि फेसबुकमा उनलाई पच्याउनेको संख्या राम्रै छ । केही महिना अगाडि मात्र गायक निरनसँगको सम्बन्ध अन्य गरेकी सुष्मा अंग प्रदर्शन गर्ने मामलामा अरु नायीका भन्दा अगाडि देखिन्छिन् । उनको फेसबुक पेजलाई २ लाख ९८ हजार ६५ ले लाईक गरेका छन् । अभिनयका हिसाबले अन्य नायीकभन्दा निकै पछाडी भए पनि फेसबुक लाईकको आधारमा उनी नेपालका टप पाँच नायीकामा पर्न सफल छिन् ।

४ नम्रता श्रेष्ठ- सारीरीक बनावट र सुन्दरताको हिसाबले नायीका नम्रता श्रेष्ठलाई नेपालकी नम्मर वान नायीका मान्नेहरु पनि धेरै नै छन् । अभिनयको हिसाबले हेर्दा पनि उनी कुनै नायीका भन्दा कम लाग्दिनन् । तर पनि उनले अभिनय गरेका चलचित्रहरुले खासै दर्शकको मन जित्न सकेका छैनन् । चलचित्र कागबेनीबाट नेपाली रजतपटमा प्रबेश गरेकी नम्रताको दोश्रो चलचित्र मेरो एउटा साथी छ सफल भएको थियो । त्यसपछिका उनका चलचित्रहरुले सफलताको मुहार देख्न पाएका छैनन् । चलचित्र असफल भए पनि उनको कामको भने प्रसंसा हुँदै आएको छ भने उनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको पनि कमी छैन । चलचित्रमा दर्शकको साथ पाउन नसके पनि नम्रता फेसबुकमा भने राम्रै दर्शकको साथ पाएकी छिन् । उनको फेसबुक पेज २ लाख ३४ हजार ६ सय लाइकको साथ टप नायीकाको चौथो नम्मरमा छ ।

५ केकी अधिकारी- म्यूजिक भिडियोमा आफ्नो छुट्टै पहिचान बनाउन सफल केकी अधिकारीले चलचित्र मायाको बारीमा बाट रजतपटमा प्रबेश गरेकी हुन् । रजतपटकी कान्छी नायीकाको रुपमा परिचित केकी पछिल्लो पुस्ताकी सम्भाबना बोकेकी नायीका हन् । अभिनयमा अब्बल केकी अभिनित चलचित्र श्री ५ अम्बरे प्रदर्शनको क्रममा छ । पछिल्लो समयकी ब्यस्थ नायीका केकी अधिकारीको फेसबुक पेजलाई १ लाख ३६ हजार २ सय ३९ ले लाइक गरेका छन् ।