• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छः अध्यक्ष ओली ★   सुनकोसी मरिण डाइभर्सनः सुरुङ खन्न एक सय १० मिटर बाँकी ★   रास्वपाको उदय र काँग्रेसको शक्ति बिस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः ओली ★   सहकारी घोटाला छानविनमा सरकार आफैँ गम्भिर छैनः डा. आरजु देउवा ★   नीति र नेतृत्वमा एमालेभित्र विवाद छैनः अध्यक्ष ओली ★   टेस्लाका मालिक मस्कले किन गरे भारत भ्रमण स्थगित ? ★   एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु ★   महिला टोलीका ६ जनाले मलेसिया सुपर वुमन्स कप खेल्ने ★   संसद् जनताप्रति उत्तरदायी हुनुपर्छः नारायणदत्त भट्ट ★   चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना

नायीका प्रियंका कार्कीले एल्बम निकाल्ने



बलीउड नायीका प्रियंका चोपंडा गायीकाको रुपमा पनि परिचित छिन् । दुईवटा एलवम समेत निकालीसकेकी प्रियंकाको स्वरलाई पनि धेरैले रुचाएको पाईयो । यत कलिउडकी नायीका प्रियंका कार्कीले पनि बलीउडकी प्रियंकाको जस्तै गायनमा पनि जम्ने तयारी गरेकी छिन् । प्रियंकाले आफ्नै स्वरमा एउटा सोलो एल्बम निकाल्ने तयारी गरेकी छिन् । नाम नजुराइएको एक एल्बममा ८ वटा गीत रहनेछ जहाँं प्रियंकाको स्वर सुन्न सकिने छ । सबैले आफूलाई राम्रो गीत गाउँछ्यौ भनेपछि एल्बम निकाल्ने सुरमा रहेको प्रियंकाले जानकारी गराईन् ।

सानैदेखि गायनमा रूची रहेको बताउने नायीका प्रियंकाले यस अघि नै चलचित्र आवरणको शिर्ष गीत गाएकी थिइन् । आगामी साताबाट स्वतन्त्र… बोलको गीतबाट रेकर्डिङ शुरू गर्ने उनको भनाई छ । यसमा शब्द शैलेश श्रेष्ठ र संगीत शैलेन्द्र सिंहको रहनेछ । उनले आफूसँग भएको प्रतिभा देखाउन खोजेको बताईन् । उनले आठवटै गीतको भिडियो बनाउने बताएकी छिन् । अभिनय र गायनको अलवा प्रियंका एक कुशल करियोग्राफर समेत हुन् । उनले मेरो बेस्ट फ्रेन्ड, पुण्टे परेड र मिसन पैशा लगायतका चलचित्रका गीतमा करियोग्राफी गरेकी छिन् ।