• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक

भिलेनको रोल गर्ने इच्छा छ: अनिता आचार्य



काठमाडौंको मैतिदेवीमा जन्मिएकी अनिता आचार्य चलचित्र सरी ल बाट रजतपटमा प्रबेश गरेकी छिन् । पुख्र्यौली घर धुलीखेल भएकी अनिता अहिले वीवीएस थर्ड इयरमा अध्ययनरत छिन् । जोय ग्ल्यामर हण्ट २०१३ को बिजेता समेत रहेकी अनितालाई पछिल्लो समय रजतपटमा सम्भावना बोकेकी कलाकारको रुपमा हेर्ने गरिएको छ । पहिलो चलचित्र रिलिज नहुँदै अर्को चलचित्र अलवीदामा काम गरिसकेकी थिइन् उनले । उनी अभिनित पहिलो चलचित्र सरी ल यतिबेला नेपालभरका सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । यसै सन्दर्भमा अनितासँग गरिएको कुराकानी यहा प्रस्तुत गरेका छौं

तपाई अभिनित चलचित्र सरी ल हलहरुमा चलिरहेको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ चलचित्र बाट ?

चलचित्र हेर्नुभएको दर्शकहरुले मन परेको प्रतिक्रिया दिइरहनु भएको छ । चलचित्रका कलाकार द्धय सुवास थापा र राजन खतिवडाको कामको प्रसंसा सबैले गर्नुभएको छ । पहिलो चलचित्र भए पनि दर्शकहरुले मेरो काम पनि रुचाएको पाएको छु ।

पहिलो चलचित्र प्रदर्शन भैरहदा तपाई स्वयंलाई आफ्नो काम कस्तो लागिरहेको छ ?

मैले त आफ्नो ठाउँबाट शत प्रतिशत मेहनत गरेको थिए । शुटिङको क्रममा पनि सानो सानो कमजोरी पनि नहोस् भनेर बिषेस ध्यान दिएको थिए । तर पनि अहिले हलहरुमा हेर्दा आफूलाईनै धेरै सुधार गर्नुपर्ने देखे । चलचित्रमा काम गरेपछि अझ धेरै सिक्नुपर्ने, अझ मेहनत गर्नुपर्छ भन्ने फिल हुँदो रहेछ ।

भनेपछि पहिला अरुको चलचित्र हेर्दा अभिनय गर्न जति सहज होला भन्ने लागेको थियो, आफूनै अभिनय गर्दा त्यति सहज पाउनुभएन ?

शुरुमा चलचित्र खेल्ने भनेको हास्ने, नाच्ने, रुने र गाउने त हो नी जस्तो लाग्थ्यो मलाई । तर म एकदम गलत रहेछु । यहाँ त एकदम मेहनत गर्नुपर्ने रहेछ । यो क्षेत्रमा सफलता हात पार्न धेरै मेहनत गर्नुपर्ने रहेछ । बाहिर बाट हेर्दा जुन प्रकारले सहज लाग्छ यहाँ प्रबेश गरेपछि सोचे जस्तो सजिलो छैन ।

शुरुका दिनहरुमा तपाईले चलचित्र क्षेत्र राम्रो लाग्दैन भन्नुभएको थियो नि ?

चलचित्र क्षेत्र मनै नपराउने, यो क्षेत्रमा जानै नचाहने भन्ने कुरा मैले कतैपनि गरेको छैन । तपाईले भनेजस्ता कुरा मैले पनि सुन्दै आएको छु कि अनिताले यो क्षेत्र नराम्रो, यो क्षेत्रमा लागेर गरी खानु छैन भनि भनेर । तर मैले त्यसो भन्न खोजेकै होइन । सुन्नेले गलत अर्थ लगाइदिनुभयो । मैले भनेको के हो भने म यसै पनि ब्यस्थ छु । विहान कलेज जानु पर्छ, पढ्नु पर्छ, त्यसपछि अफिस जानु पर्छ, यसको बाबजुत चलचित्रमा काम गर्न समय छुट्ट्याउन समस्या हुने कुरा गरेको थिए । चलचित्रमा अनुबन्धीत भैसकेपछि साझ बिहान, दिउसो जुन सुकै समय दिनुपर्ने हुन्छ । यो हिसाबले चलचित्रमै जिम्मेबारी निभाउन सक्दिनकी भनेर पढाई नसकिदा सम्म यो क्षेत्रमा समय दिन सक्दिन भन्ने सन्दर्भमा कुरा गरेको हो । यहाँनेर मेरो भनाई र बहाँको बुझाइमा तालमेल नमिल्दा यस्ता कुराहरु आए ।

निर्देशक ऋषि लामिछानेले त तपाईलाई नेपालकै सुन्दर युवती भन्नु भयो । तपाईलाई आफ्नो सौंन्दर्यता कस्तो लाग्छ ?

हरेक ब्याक्तिको कुनैपनि बस्तुलाई हेर्ने दृष्टीकोण आ आफ्नै प्रकारको हुन्छ । कतिले मलाई सुन्दर देख्नुहुन्छ, कतिले अनिता राम्री छैन, घमण्डी छ, उसले गरेको काम राम्रो छैन भन्नुहुन्छ । जहाँसम्म ऋषि दाईको कुरा छ वहाँले मेरो काम र इमान्दारीतालाई जोडेर राम्रो भन्न खोज्नुभएको हो । जो जसलाई मेरो बारेमा थाहा छैन, म सँग घुलमिल हुनुभएको छैन वहाँहरुको मलाई हेर्ने धारणा फरक हुन सक्छ, तर जो मसँग घुलमिल हुनुभएको छ वहाँहरु मेरो ब्यबहार र कामबाट प्रभाबित हुने गरेको पाएको छु ।

आफ्नो शरिरलाई मेन्टेन कसरी गर्ने गर्नुभएको छ ?

शरिरलाई मेन्टेन गर्नकै लागि भनेर बिशेष कुनैपनि योगा, कसरत या अन्य क्रियाकलाप गर्ने गरेको छैन । मेरो ब्यस्थताले नै मलाई मेन्टेन गरिरहेको छ । विहान कलेज जाने दिउसो अफिस जाने चलचित्रको शुटिङ लगायतको कामको चापले नै मेरो शरिरलाई मेन्टेन गरिरहेको छ ।

सरी ल शुटिङगर्दै गर्दा तपाईले चलचित्र यस्तो बन्छ होला भनेर जुन कल्पना गर्नुभएको थियो,पछि पर्दामा हेर्दा केही फरक पाउनुभयो ? सोचे भन्दा राम्रो भयो या सोचे जस्तो भएन ?

यो मेरो पहिलो चलचित्र भएकोले निर्माण बिधी सम्बन्धि मलाई त्यति धेरै ज्ञान थिएन । त्यसैले मैले यस्तै बन्छ भन्ने आकृती देखेको थिइन । तर चलचित्र हेर्ने दर्शकको प्रतिक्रिया चाहि मेरो भूमिका अलि छोटो भयो भन्ने थियो । तर यो भन्दा लामो भूमिका भएको भए मैले गनै सक्ने थिइन होला । शुटिङको क्रममा जुन रुपले मेहनत गरेका थियौं अहिले त्यहि अनुरुप चलचित्र राम्रो बनेको पाएको छु ।

अब कस्तो किसिमको चलचित्र गर्ने इच्छा छ तपाईको ? कुनै ड्रिम रोल गर्ने इच्छा भए बताइदिनुस् न ?

मलाई भिलेनको रोलगर्ने मन छ । हुन त मैले पहिला कहिल्यैं सोचेको थिइन की म कला क्षेत्रमा लाग्छु भनेर । तर पहिल्यै देखि चलचित्र हेर्दा जस्ले नेगेटिभ रोल गरेको छ उसको क्यारेक्टर मन पथ्र्यो मलाई । अहिले चलचित्रको बारेमा बुझेपछि पनि मलाई के लाग्छ भने जति मेहनत भिलेनले गर्नुहुन्छ , त्यति मेहनत नायक वा नायीकाले गर्नुहुँदैन । तर नेपालको सन्दर्भमा नेगेटिभ भूमिकामा रहेको पात्रलाई नै लिड रोल दिएर कमै चलचित्र बन्ने गरेका छन् ।

पहिलो चलचित्र रिलिज नहुँदै अर्को चलचित्रमा काम गरिसक्नुभयो । कस्तो भयो दोश्रो चलचित्र अलविदाको काम ?

अलविदामा मुस्लीम क्यारेक्टर छ मेरो । जातियताको बिषयमा बनेको चलचित्र हो यो । यसमा पनि मेरो सिम्पल क्यारेक्टर छ । मसालेदार चलचित्र भएकोले एक्सन, रोमान्स र झिलीमिली बढी छ यसमा ।

दूईवटा चलचित्रमा काम गरिसकेपछि कस्तो लाग्यो त यो क्षेत्र ?

काम गर्दै जादा यहि क्षेत्रमा झुकाब बढेको छ मेरो । स्क्रीप्ट मन परेका चलचित्रमा समय मिलेसम्म काम गर्ने चाहना छ । यो क्षेत्रमा लागेपछि समाजले पनि सम्मान गर्ने रहेछ । तर यो क्षेत्रमा लागेकाहरुको कुरा काट्नेहरु पनि धेरै नै हुन्छन् । मेरो मात्र हाइन सबैजनाको त्यस्तै पाउँछु म । तर आफू सकारात्मक सोचका साथ काम गरेमा यो क्षेत्र एकदमै राम्रो छ ।

के कारणले चलचित्र सरी ल हेर्नुपर्छ जस्तो लाग्छ ?

मेरो लागि सरी ल टर्निङ प्वाइन्ट हो । कला क्षेत्रमा लागिसकेपछि दर्शकहरुको प्रतिक्रिया अनुसार नै मेरो भबिष्य निर्धारण हुन्छ । दर्शकशरुले मलाई रुचाउनुभयो, यहि क्षेत्रमा देख्न चाहनु भयो भने नै मलाई यो क्षेत्रमा स्थापित हुन सहज हुन्छ । त्यसैले मेरो भबिष्य दर्शककै हातमा छ । यद्दपी सरी ल धेरै राम्रो चलचित्र बनेको छ । बिषेसगरी सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्तालाई यसले एउटा सन्देश दिने छ । त्यसको साथ साथै अभिभावकलाई आफ्नो छोराछोरीलाई कसरी सपोर्ट गर्ने, बिग्रन नदिने भन्ने सन्देश पनि दिइएको छ । चलचित्रमा मनोरन्जनका साथ साथै सन्देशमुलक पनि भएकोले एक पटक हेर्नै पर्ने चलचित्र बनेको छ जस्तो लाग्छ ।