• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’ ★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ★   ९२ हजार विस्थापितका घर बन्नै बाँकी ★   बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु ★   हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर) ★   लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित ★   डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँ पसे ★   दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै ★   चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

सँगै काम गर्ने भए रेखा र निखिलले



नायीका रेखा थापा र नायक निखिल उप्रेतीले झण्डै आठ वर्षपछि संगै चलचित्रमा देखिने भएका छन् । वितरक गोपाल कायस्थले निर्माण गर्न लागेको चलचित्र ‘लुटेरा’ मा नेपाली सिने नगरीका यि दुई चर्चित कलाकारले संगै जोडी बाँध्ने भएका हुन् । यस अघि उनीहरु सँगै चलचित्रमा काम गर्न इन्कार गर्ने गर्दथे । चलचित्र ‘लुटेरा’लाई निर्देशक सविर श्रेष्ठले निर्देशन गर्ने भएका छन् । ‘लुटेरा’ मा रेखा र निखिलले संगै स्क्रिन शेयर गर्ने विषयमा निर्देशक श्रेष्ठले भने– ‘मौखिक सम्झौता भइसकेको छ, लिखित हुन बाँकी छ, सम्भवत यही हप्ताभित्रमा संझौता पनि हुन्छ ।’ रेखालाई नै लिएर सविरले बनाएको चलचित्र ‘तथास्तु’ यही पौष २५ गतेदेखि देशव्यापी प्रदशर्नमा आउँदैछ ।

निखिलले नै निर्देशन गरेको चलचित्र भैरवमा रेखाले आइटम नृत्य गर्ने तय भैसकेको छ । निखिल आफैं रेखाकोमा गएर आफूले निर्देशन गर्न लागेको चलचित्रमा काम गर्न आग्रह गरेपछि लामो समयदेखि बन्द भएको बोलचाल खुलेको थियो । रेखा र निखिलले यसअघि धड्कन, निखिल दाई, कर्मयाद्धा, बरमाला, दोबाटो जस्ता दर्जन सफल चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।