• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ: परराष्ट्र मन्त्री श्रेष्ठ ★   निजामती सेवामा ट्रेड युनियन अधिकार ★   एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित ★   नेपाल हङकङसँग पराजित, इमर्जिङ टिम्स एसिया कप खेल्नबाट बञ्चित ★   निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछः महामन्त्री शर्मा ★   तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की ★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सँगै काम गर्ने भए रेखा र निखिलले



नायीका रेखा थापा र नायक निखिल उप्रेतीले झण्डै आठ वर्षपछि संगै चलचित्रमा देखिने भएका छन् । वितरक गोपाल कायस्थले निर्माण गर्न लागेको चलचित्र ‘लुटेरा’ मा नेपाली सिने नगरीका यि दुई चर्चित कलाकारले संगै जोडी बाँध्ने भएका हुन् । यस अघि उनीहरु सँगै चलचित्रमा काम गर्न इन्कार गर्ने गर्दथे । चलचित्र ‘लुटेरा’लाई निर्देशक सविर श्रेष्ठले निर्देशन गर्ने भएका छन् । ‘लुटेरा’ मा रेखा र निखिलले संगै स्क्रिन शेयर गर्ने विषयमा निर्देशक श्रेष्ठले भने– ‘मौखिक सम्झौता भइसकेको छ, लिखित हुन बाँकी छ, सम्भवत यही हप्ताभित्रमा संझौता पनि हुन्छ ।’ रेखालाई नै लिएर सविरले बनाएको चलचित्र ‘तथास्तु’ यही पौष २५ गतेदेखि देशव्यापी प्रदशर्नमा आउँदैछ ।

निखिलले नै निर्देशन गरेको चलचित्र भैरवमा रेखाले आइटम नृत्य गर्ने तय भैसकेको छ । निखिल आफैं रेखाकोमा गएर आफूले निर्देशन गर्न लागेको चलचित्रमा काम गर्न आग्रह गरेपछि लामो समयदेखि बन्द भएको बोलचाल खुलेको थियो । रेखा र निखिलले यसअघि धड्कन, निखिल दाई, कर्मयाद्धा, बरमाला, दोबाटो जस्ता दर्जन सफल चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।