• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

विदेशिने कलाकर्मीको डरलाग्दो आँकडा



कलाकर्मीहरुलाई देशको गहना भन्ने गरिन्छ । उनीहरुको कलालाई देशले मात्र होइन आम दर्शकहरुले पनि सम्मान गर्ने गर्दछन् । त्यहि कलाबाट प्रभाबित भएका फ्यानहरु उनीहरुकै जीवनशैली र दैनिक ब्यबहारको नक्कल गर्न पछि पर्दैनन् । तर पछिल्लो समय देशमा मान सम्मानका साथ सफलता प्राप्त गरिरहेका कलाकर्मीहरु पनि बिदेश भासिने क्रम बढ्दो छ । जीवन गुजारा र भविष्यको चिन्तालाई वाहना बनाउँदै बिदेशमै रमाउने कलाकर्मीको संख्या दिन प्रतिदिन बढ्दो छ ।

गायक, गायीका तथा अभिनेता अभिनेत्रीहरु पछिल्लो समय बिभिन्न कार्यक्रमको शिलशिलामा युरोप, अमेरिका र अष्ट्रेलिया लगायत आर्थिक रुपमा नाम चलेका देशहरु पुगेर उतै हराउने गरेका छन् । चर्चा गरौं केहि सफल कलाकर्मीहरुको जो बिभिन्न बाहनामा नेपालमा भएको मान, सम्मान र प्रशंम्शकहरुलाई छोडेर बिदेशी भूमिमा श्रम गरिरहेका छन् ।

प्रेमराजा महत – पानको पात, बिदेशीको हरीयो डलर जस्ता चर्चित तथा सदाबहार गीत गाएर दर्शक तथा श्रोताको मन जित्न सफल लोक गायक प्रेमराजा महतले नेपालमै नाम र दाम राम्रै कमाईरहेका थिए । तर उनलाई नेपालको नोटले मात्र पुगेन, बिदेशीको हरीयो डलरमा आँखा लगाए र अमेरिका भासिय । हुन त उनी अहिले अमेरिका स्थीत नेपाली हआबाणिज्य दुत पनि हुन् । तर उनी शुरुका दिनमा सामान्य श्रम गर्न नै अमेरिका पुगेका थिए ।

जगदिश समाल – किन आउछ तिम्रो याद, आओ यादहरु हो आओ लगायतका आधुनिक गीतहरु नेपाली सुगम संगीतलाई दिएका लोकपृय गायक जगदिश समाल पनि एकाएक बिदेश पलायन भए । पछिल्लो तीन बर्षयता उनको स्वरमा नयाँ गीत सुन्न लालायीत श्रोता निराश छन् । उनी भने बिदेशी भूमिमा सामान्य श्रममा नै रमाइरहेका छन् ।

भगवान भण्डारी -पहिलो एलवम खैरेनीमा गेटको रेकर्ड गराएर खाडि मुलुक भासिएका भगवानको पहिलो गीत नै यति हिट भयो कि उनलाई खाडिबाट एक बर्ष भित्र नै नेपाल फर्काइदियो ,गीत र भगवानको स्वरले जताततै वाइवाई पायो । त्यसपछिको फूलमा भमरा बोलको गीत समाबेश एउटै एलवमबाट १५ लाख भन्दा बढी कमाएका थिए उनले । नाम र दाम दुबै कमाउन सफल उनी पनि सबैलाई आश्चार्यमा पार्दै बिदेश पलायन भए । पछिल्लो समय बिज्ञान र प्रबिधीमा भएको बिकाशले सांगीतीक श्रष्ठाहरु प्रत्यक्ष मारमा परेको देखिन्छ । इमेल, इन्टरनेट, पेनड्राइभ र पाइरेसीको प्रत्यक्ष सिकार भएको छ यो क्षेत्र । केहि समय पहिलासम्म एउटै एलवमबाट १५ लाख सम्म कमाई हुने गरेकोमा पछिल्लो समय उहि स्तरमा हिट भएको एलवमको कमाई १५ हजारमा सिमित भएको छ । भगवानको हकमा पनि यस्तै भयो अनी उनलाई पनि बिदेशीने लड चल्यो ।

राजु लामा -चर्चित ब्याण्ड मंगोलीयन हर्टका भोकलिष्ट राजु लामा पनि नेपालमै रमाईरहन सकेनन् । तिमिलाई देखेर, पर्खाइमै भिज्यो सिरानी लगायतका कर्णपृय गीतहरु गायका सुमधुर स्वरका धनी राजु लामा स्टेजमा पनि राम्रै चलेका गायक हुन् । तर पनि उनले नेपालमै भबिष्य देख्न सकेनन् । अन्तत बिदेश पलायनकै बाटो रोजे उनले पनि ।

सुदीप गीरी -टुट्नु थियो टुट्यो मुट, मत तिम्रै होनी जस्ता गीत गाएका सुदीप गीरी छोटो समयमै स्थापित भएका गायक हुन् । करीव ४ बर्ष मात्र नेपाली सांगीतीक क्षेत्रमा सक्रिय भएका गीरी स्थापित भएसँगै बिदेश पलायन भए । बिदेश जान सजिलो होस् भनेर मात्र उनी संगीतीक क्षेत्रमा प्रबेश गरेका थिए भन्ने चर्चा पनि हुने गथ्र्यो उनी बिदेशमै हराउदै गरेको बेलामा ।

यम बराल- नायक बन्न संघर्ष गर्दा गर्दै गायकमा स्थापित हुन पुगेका यम बरालका पनि अधिकाँश गीत सदाबहार लाग्छन् । यीनै सदाबहार स्वरका धनी यम बराल पनि यतिबेला नेपाली सांगीतीक क्षेत्रलाई चटक्कै बिर्सिएर बिदेशी भूमिमा श्रम बेचिरहेका छन् । यस्तै कर्ण दाश, दीपेश किशोर भट्टराई, इश्वर अमात्य, मोहन डोटेल, बिमल घर्ती लगायत गायकहरु पनि यतिबेला बिदेशी भूमिमै श्रम बेचिरहेका छन् ।

गायकको तुलनामा गायीकाहरु भने कमै छन् बिदेश भासिनेमा । हुन त नेपाली सांगेतीक क्षेत्रमा सक्रिय गायीकाहरु नै गायकको तुलनामा न्यून छन् । बिदेशिने सिमित गायीकाहरुमा चर्चित गायीका सपना श्रीको नाम पनि आउछ । आधुनीक तथा चलचित्रका गीतहरुमा आफ्नो सुमधुर स्वरले धेरैको मन जितेकी सपना श्रीलाई नेपालमै राम्रो कमाई गर्ने गायीकाको रुपले हेर्ने गरिन्थ्यो । तर उनलाई पनि बिदेशीएर ठूलै रकमको जोह गर्ने चाहना भयो र त उनी पनि बिदेश पलायन भइन् । त्यस्तै अन्जना गुरुङ, मीरा राणा पनि नेपाली सांगीतीक क्षेत्रमा सफल मानिएका गायीकाहरु पनि बिदेश पलायनको बाटो रोज्जन पुगे ।

नायक नायीका पनि कम छैनन्

गायक गायीका मात्र होइनन्, बिदेश भासिने नायक नायीकाको लिष्ट पनि लामै छ । नायक सरोज खनाल, रमेश उप्रेती दुबै नेपालमा काम पाइरहदै अमेरिका पलायन भएका थिए । रमेश उप्रेत भने यतिबेला अब नेपालमै बसेर केहि गर्ने भन्दै नेपाल फर्किएका छन् भने सरोज खनाल भने अझै अमेरिका नै रहेका छन् । त्यस्तै बिपना थापा, ऋचा घिमिरे, यूना उप्रेती, झरना बर्जचार्य जल शाह लगायतका नायीकाहरु यतिबेला बिदेशमै रहदै आएका छन् ।

यसरी कलाकर्मीहरु एक पछि अर्को गर्दै बिदेश भासिनु रहर हो की बाध्यता ? यतिबेला बहशको बिषय बनेको छ । कयैं हिट गीत दिएका गायक, गायीका पनि नेपालमा भबिष्य देख्न सकेका छैनन् । यसको मुख्य कारण नेपालको बजार सानो हुनु पनि हो । नेपाली सांगीतीक क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्न नसक्नु पनि अर्को कारण हुन सक्छ । बलीउड, हलीउडतिर हेर्ने हो भने एउटा हिट गीत दिएका कलाकारले आफ्नो जीवनभरी गुजारा गर्न सक्ने कमाई गर्छन भने २, ४ वटा काममा सफलता पाए भने सात पुस्तालाई पुग्ने गरी आर्थिक रुपमा सबल हुन्छन् । तर कलीउडमा भने जति सफल भए पनि आर्थिक रुपमा कहिल्यैं अगाडि बढ्न सकेका देखिदैनन् श्रष्टाहरु ।