• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ ★   सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’ ★   तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा ★   कतारका अमिरको नेपाल भ्रमण: भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह ★   सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ – गृहमन्त्री ★   टी–२० विश्वकपका लागि सुनिल नारायणले सन्यास फिर्ता लिन्छन् ? ★   धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु ★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट

नेपालीबाट हुनसक्ने संभावित खतरा टार्न कपिलले मागे माफी



भारतको लोकप्रिय टीभी शो कमेडी नाइट्स विथ कपिलका होस्ट कपिल शर्माले नेपालीसँग माफी मागेका छन् । आफ्नो एउटा शोमा सगरमाथा भारतमा छ भनेर भन्नु गल्ती रहेको स्वीकार्दै उनले नेपालीहरूसँग माफी मागेका हुन् । उनले एक वर्षअघि एक शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए । तर, आसन्न नेपाल भ्रमणका बेला उक्त कार्यक्रमलार्इ लिएर आलोचना भएपछि कपिलले ट्वीटरमार्फत माफी मागेका हुन् ।

बुधबार साँझ ट्वीट गर्दै कपिलले भनेका छन्- ‘मेरो एउटा शोमा मैले माउन्ट एभरेस्ट भारतमा छ भनेँ। मेरो मनसाय नेपालीहरुको भावनामा चोट पुर्‍याउनु थिएन। मैले चोट पुर्‍याएको भए माफी चाहन्छु ।’ भारतीय टीभी च्यानल कलर्सबाट प्रसारण हुने कमेडी शो कमेडी नाइट्स विद् कपिलका सञ्चालक कपिलले २०१३ नोभेम्बरमा सिड्नीमा छायांकन भएको शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए ।कपिल मंसिर २७ मा हुने स्टेज शोका लागि नेपाल आउने तयारीमा छन् । नेपाल आएको बेला उक्त काण्डलाई लिएर नेपालीबाट हुनसक्ने सम्भाबित खतराबाट बच्न पनि उनले नेपालीसँग माफी मागेको हुन सक्छ ।