• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   यस्तो सरल जीवनः ४०० करोडको मालिक यी स्टार चप्पल लगाएर बस–रेलमा हिँड्छन् ★   ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार ★   चेन्नईका कप्तानको खुलासा – हामी हाम्रो कमजोरीले हारेका होइनौं, शीतका कारण हार्यौँ ★   धनकुटाको कोसेली नरिवल बिस्कुट ★   प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   आज क्रिकेटका बादशाह सचिनको जन्मदिन, तोड्न असम्भव जस्तै रहेका उनका ६ रेकर्डहरु ★   तातो हावा ‘लू’बाट बच्न के गर्ने ? ★   कतारका अमिर स्वदेश फिर्ता ★   च्याम्पियन्स ट्रफी २०२५ मा खेल्न भारतीय टोली पाकिस्तान नजाने ! ★   दिल्लीको ल्याण्डफिल साइटमा आगलागी

भीभीआईपीको खाना जाँच्न विज्ञ टोली



काठमाडौं, ७ मंसिर । शिखर सम्मेलनमा सहभागी हुन सार्क मुलुकका आठै राष्ट्रप्रमुखसहित अतिविशिष्ट श्रेणीका सबै पाहुना (भीभीआईपी) लाई खाना खुवाउने खाना नेपाली खाद्यविज्ञको प्रत्यक्ष रेखदेखमा तयार गरिनेछ ।
पाहुनलाई प्रत्यक्ष रेखदेखमा खाना तयार गर्न सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्यविज्ञ तथा उपसचिव कृष्ण राईको संयोजकत्वमा २९ सदस्यीय उच्चस्तरीय ‘खाद्य तथा पेय पदार्थ सुरक्षा टोली’ बनाएको छ ।
समूहमा विभागबाट राईसहित चारजना वरिष्ठ खाद्यविज्ञ, नेपाली सेनाका एक, नेपाल प्रहरीका एक र सशस्त्र प्रहरीको एक गरी तीनजना पोषणविज्ञ खटिएका छन् ।
नेपाल प्रहरीबाट एकजना विष (प्वाइजन) विज्ञ र लागूऔषध नियन्त्रण ब्यूरोबाट एकजना नार्कोटिक वित्र पनि समूहमा छन् ।
होटेलका कामदार, भान्जाकोठा र खाद्य पदार्थको सरसफाइ तथा गुणस्तर निर्धारण, खाना पाक्ने र भण्डारण कक्षको तापक्रम निर्धारण, कच्चा पदार्थको गुणस्तर निर्धारण, परीक्षण र नमूना लिने जिम्मेवारी टोलीलाई दिइएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।