• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

छबिको जन्मदिनमा रेखाको खोजी, तर गइनन्



काठमाडौँ, ८ मंसिर । चलचित्र निर्माता छबिराज ओझाले आइतबार ५० औं जन्मदिन मनाएका छन् । २०२१ साल मंसिर ७ मा जन्मिएका उनले आफ्नो जन्मदिन अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रम गरी १९ औं फिल्म किस्मत २ निमार्णको घोषणा गरे ।
विगत २५ वर्षदेखि फिल्म निमार्णमा सक्रिय ओझालाई उनलै डेब्यु गराएका ३ हिरोइनी रजनी केसी, पुजना प्रधान र शिल्पा पोखरेलले बर्थ डे केक खुवाएका थिए ।
उनलै ब्रेक दिएका हिरोहरु आयुष रिजाल, सबिन श्रेष्ठ र किशोर खतिवडाका साथमा दिपाश्री निरौला, नीर शाह, श्याम सेतान लगायतकाले केक खुवाएर शुभकामना दिएका दिए । तर जन्म दिनमा भिन्नै बस्दै आएकी रेखा थापा भने सहभागी भइनन् । आजको
नयाँ पत्रिका दैनिकमा समाचार छ ।