• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

महिलाको मुखमा कपडा बाँधेर बलात्कार



रौतहट, ८ मंसिर । रौतहटको बैरिया ५ मा एक विवाहित महिला बलात्कृत भएकी छिन् ।
लालबकैया नदीको बाँध छेउमा गाउँकै २७ वर्षीय शेख मोविनले लछारपछार गरी बालात्कार गरेको प्रहरीले जनाएको छ । गहुँको बिउ छर्न खेत तयार गर्न एक्लै जाँदै गरेको मौका छोपी पूर्व गाविस अध्यक्षका कान्छा छोरा मोविनले ती महिलाको मुखमा कपडा बाँधी बलात्कार गरेको पीडित महिलाले बताइन् ।
पीडितका श्रीमान भारतको सितामढी जिल्लाको बैरगनियास्थित मदर्शामा धार्मिक गुरुको रुपमा कार्यरत छन्। सुरुमा गाउँका केही टाठाबाठाहरुले मुद्दालाई गाउँमै सामसुम पार्ने प्रयास गरेका थिए। घटनापछि पीडित महिलाले श्रीमानलाई टेलिफोन गरी सबै कुरा बताएकी थिइन् । आइतबार घर पर्केका पीडित महिलाका श्रीमानले दोषीलाई कडा कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना ढिलोगरी सार्वजनिक भएको आजको नागरिक दैनिकमा समाचार छ ।