• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

अस्ट्रेलियाका नागरिक पेरीको कलाकृति प्रदर्शनी



काठमाडौं । अस्ट्रेलियाका नागरिक पेरी क्यापानीले २० वर्षअघिको र अहिलेको नेपालको तुलना गर्दै कलाकृतिको रूपमा बनाएको घरको प्रदर्शनी गरिएको छ । पाटनको मङ्गलबजारमा धातुबाट निर्माण गरिएको उक्त घर एक दिनका लागि मात्र प्रदर्शनीमा राखिएको थियो । घर ठूलो थियो भने त्यस ठूलो घरमा अन्य सानासाना १० वटा जति घर रहेको थियो ।

करिब एक वर्ष लगाएर बनाइएको घरमा २० वर्षअघिको नेपाल र अहिलेको नेपालको घरका बारेमा तुलना गरिएको छ । कलाकार क्यापानीले नेपालप्रति आफूले गरेको माया र बेलाबेलामा देखिएको नेपालको फरकफरक घरका बारेमा जानकारी राख्न उक्त घर बनाएर प्रदर्शनीमा राखेको बताए । उनले बनाएका पुराना घर निकै कलात्मक देखिन्छन् भने नयाँ घर आधुनिकशैलीका छन् ।