• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि ★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का ★   आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै ★   जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद ★   धोनीले अर्को वर्षको आईपीएल पनि खेल्न सक्नेछन् ! ★   एन्फा उपाध्यक्ष दावा लामा छुटे ★   शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ ★   पोर्चुगलमा समुद्रमा सेलफिस खोज्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो ★   महालेखापरीक्षकमा तोयम राया नियुक्त

एनएएले ‘एक परिवार, एक शिशु’ कार्यक्रम पुन: संचालन गर्ने



सिड्नी । नेप्लीज् अष्ट्रेलियन एशोसियसनले  ‘एक परिवार एक शिशु’ कार्यक्रम फेरी संचालन गर्न लागेको छ ।
अष्ट्रेलियन हिमालयन फाउन्डेशनसँग मिलेर संचालन गर्न लागिएको उक्त कार्यक्रमको लागि सहयोग संकलन गर्न एनएएले दाताहरुको सम्मानमा यही नोवेम्बर २९ का दिन शनिवार डिनर प्रोग्राम आयोजना गरेको छ ।
डिनर कार्यक्रम 47 Princes Hwy, Kogarah NSW 2217   स्थित एभरेष्ट तन्दुरीमा बेलुका ५ देखि ९ बजेसम्म हुनेछ । कार्यक्रमका सहभागीले प्रतिव्यक्ति ३० डलर योगदान गर्नुपर्नेछ । उक्त कार्यक्रममा सहभागी भई नेपालका गरिब बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग गर्न आयोजक संस्थाले सवैमा अपिल गरेको छ ।

सन् २०१२ मा सुरु भएको ‘एक परिवार एक शिशु’ कार्यक्रम अन्तरगत नेपालका गरीव परिवारका बालबालिकाहरुलाई शिक्षा दिलाउने गरिएको छ । एक परिवारबाट एक बच्चाको शिक्षाको लागि आफुहरुले यस्तो कार्यक्रम संचालन गरिरहेको नेप्लीज् अष्ट्रेलियन एशोसियसनका प्रेसिडेन्ट श्री नापितले अनलाईन चौतारीलाई जानकारी दिए ।

एनएएको उक्त सामाजिक अभियानमा Simon Balderstone को नेतृत्वमा रहेको अष्ट्रेलियन हिमालयन फाउन्डेशन, न्यूसाउथवेल्सको लागि पूर्व नेपाली कन्सुलेट Christine Gee, सर एडमण्ड हिलारीका छोरा पिटर हिलारी, पर्वतारोही Lincoln Hall की श्रीमति Barbara Hall र अष्ट्रेलियामा रहेका नेपालीहरुले सहयोग गरिरहेको नापितले बताए ।