• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल ★   आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव ★   एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै ★   सगरमाथा आरोहणका लागि ३ सय ५२ ले लिए अनुमति ★   सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीलाई सफाइ ★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा

फ्लोरमा ‘वडा नम्बर ६’



चलचित्र ‘छ एकान छ’को सफलतापछि निर्मातात्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले ‘वडा नम्बर ६’को छायाँङ्कन सुरु गरेका छन् । काठमाण्डौको जोरपाटी स्थित चापागाँई स्टूडियोमा कलाकाहरु दीपकराज गिरी, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की लगायतले पहिलो टेक दिएका छन् । धुलिखेलबाट चलचित्रको छायांकन सुरु गर्ने योजना रहेपनि सार्क सम्मेलनमा देखिएको सवारीको समस्याका कारण काठमाण्डौ भित्रैबाट छायांकन आरम्भ गरिएको निर्माता गिरीले बताए । केही सातापछि काठमाण्डौ बाहिर जाने योजना निर्माणपक्षको छ ।

चलचित्रमा ‘छ एकान छ’का कलाकार जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल दोहोरिएका छन् भने किशोर खतिवडा, शिवहरी पौडेल र विल्सन विक्रम राई भने अतिथी भूमिकामा देखिदैछन् । चलचित्रको छायांकन ४० दिनसम्म चल्ने निर्माणपक्षले जनाएको छ ।

उज्जवल घिमिरेले निर्देशन गरिरेको यस चलचित्रमा सुगम पाख्रेल, बसन्त सापकोटा, राजनराज शिवाकोटी र दिपक शर्माको संगीत रहनेछ । चलचित्रमा चारवटा गीत रहनेछन जसमा अन्जु पन्त, सुगम पोख्रेल, प्रल्हाद तिमल्सिना, प्रिती कौर लगायत गायक गायिकाको आवाज सुन्न पाईनेछ ।