• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

रहेनन् अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युग्स



सिड्नी । खेलको दौरानमा गम्भिर घाइते भएका अष्ट्रेलियाका चर्तित क्रिकेटर फिलिप ह्युग्सको निधन भएको छ । उनी दक्षिण अष्ट्रेलिया र दक्षिण वेल्सबीचको खेलमा मंगलबार ब्याटिङ गर्ने घाइते भएका थिए ।
न्यु साउथ वेल्सका बलर सिन एबटको (सर्ट पीच)को बलले कानको पछाडि हेल्मेट छलेर उनलाई लागेको थियो ।
१४० किलोमिटर प्रतिघण्टाको रफ्तारको बलले लागेपछि घाइते भएका उनलाई लगत्तै स्ट्रेचरमा राखी अस्पताल पुर्‍याइएको थियो
। २५ वर्षका क्रिकेटर ह्युग्सलाई अस्पतालको कोमामा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सिड्नीमा उनको निधन भएको हो ।