• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

शिशुलाई ढलमा फाल्ने आमा नियन्त्रणमा



सिड्नी । आफ्नो नवजात शिशुलाई वेवारिसे अवस्थामा ढलमा फालेपछि सिड्नी प्रहरीले एक आमालाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरिएकी ती आमालाई दुई साता जेलमा राखिने भएको छ ।
तीस वर्षकी ति आमाको नाम सार्वजनिक गरिएको छैन । उनले अहिलेसम्म पनि धरौटीमा रिहाईका लागि निवेदन दिएकी छैनन् । मुद्दालाई अदालतमा पेश गरिएको छ । तर, ति महिलालाई अदलतमा भने लगिएको छैन ।
अघिल्लो हप्ता केही साईकल यात्रीहरुले क्वेकर्स हिलको ढलमा बच्चाको आवाज सुनेपछि निकाल्दा जीवित अवस्थामा शिशु फेला परेको थियो । ५ दिनसम्म केही नखाई पनि जीवित रहेको शिशुको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।