• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछः महामन्त्री शर्मा ★   तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की ★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ)

एचआइभी/एड्सबाट ११२ जनाको मृत्यु



भीमदत्तनगर, १२ मंसिर । कञ्चनपुरमा एचआइभी÷एड्सबाट हालसम्म ११२ जनाको मृत्यु भएको छ । हालसम्म भेटिएका ४२६ सङ्क्रमितमध्ये ११२ जनाकोे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भारतमा मजदूरी गर्न जाने १९६ र उनीहरुका परिवारका १६५ जना सङ्क्रमित भेटिएका हुन् । एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका ५१ शिशु, सात यौनकर्मी महिला र एक जना तेस्रो लिङ्गीमा एचआइभी देखिएको जनस्वास्थ्य कार्यालय प्रमुख बलबहादुर महताले बताए ।