• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

काग कराउदा ५ शब गायब



भारतको बिहार स्थीत पूर्णिया जिल्लामा एक काग कराउदा पाँचवटा शब हराएको समाचार यतिबेला सामाजिक संञ्जालमा भाईरल भइरहेको छ । यो घटना घट्ने बित्तिकै प्रहरीले छानबिन शूरु गरेको जनाएको छ ।

पूर्णियाको यस क्षेत्रमा गरीब हिन्दु परिवार परम्परादेखि नै शवलाई खाल्टो खनेर पुर्ने काम गर्दै आएका छन् । यो घटना घट्ने दिन पनि उनीहरु शव पूर्न खाल्टो खन्दै थिए । तर यसै क्रममा एक काग कराउने बित्तिकै शव नै गायब भएको उनीहरुले बताएका छन् ।

सो क्षेत्रका प्रहरी अधिकृत मनोज कुमारले घटनाको छानबिन भइरहेको जनाएको छ । बिहार क्षेत्रमा यसरी शव गायब भएको यो पहिलोपटक भने होइन । बर्ष २०१२ मा पनि आगाटोला र अररिया जिल्लामा पनि यसरी यसरी शव हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले यो घटनाको छानबिन भैरहेको भन्दै यसमा तस्करहरुको हात हुनसक्ने बताएको छ । काग कराएको कारण नभई तस्करहरुले यसरी शव चोरेर पश्चिम बंगाल र नेपालका अस्पतालका मेडिकल कलेजमा सप्लाई गरेको हुनसक्ने बताएका छन् ।