• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

केट हडसनले खोलिन् फिटनेसको राज



हलीउडकी सफल अभिनेत्री केट हडसनले आफ्नो फिटनेसको राज नियमित व्यायाम भएको बताएकी छिन् । उनी भन्छिन् म फिटनेस रहन चलचित्रको अभिनयबाट पाएको फुर्सको समय जिम गरेर बिताउछु । नियमित कडा व्यायामले नै मलाई फिटनेस रहन सघाएको छ ।

फिटनेस रहन व्यायामलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ । उनी भन्छिन् व्यायाम केहि दिन गरेर छोड्नु हुँदैन । कडा नसके पनि हलुका व्यायाम निरन्तर गर्न सके शरिरलाई सन्तुलनमा राख्न सकिन्छ ।

नियमित व्यायामपछि सन्तुलित भोजनले पनि आफूलाई फिटनेस रहन सघाएको उनी बताउछिन् । फिटनेस रहने प्रमूख तीन उपाय नियमित व्यायाम, सन्तुलित भोजन र सकारात्मक सोचलाई नै अबलम्बन गरेर आफू फिटनेस रहेको उनको भनाई थियो ।