• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

मिस अर्थको ताज फिलिपिन्सकी जेमी हेरेललाई



मिस अर्थ २०१४ ताज फिलिपिन्सकी जेमी हेरेलले जितेकी छिन् । शनिवार साँझ फिलिपिन्सको मनिलामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा जेमीले यो बर्षको ताज हात पारेकी हुन् । प्रतियोगितामा अमेरिकाकी एन्ड्रयु न्यू मिस अर्थ एयर, भेनेजुएलाकी मारिया मिस अर्थ वाटर र रसियाकी आन्नासतासिया मिस अर्थ फायरको उपाधि पाए । ब्राजिल, मंगोलिया, स्लोभाक र स्पेनका सुन्दरीहरु उत्कृष्ट आठमा पुग्न सफल भएका थिए ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी मिस अर्थ नेपाल प्रिन्सा श्रेष्ठ सेमिफाइनलसम्म पनि पुग्न सकिनन् । इको ब्युटि प्रतिस्पर्धामा उनले लुक्लाको आलुसम्बन्धी बनाएको भिडियो उत्कृष्ट १० भित्र परेको थियो ।