• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने ★   गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ★   नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्ने ★   सार्वजनिक खरिद नियमावलीले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन : प्रधानमन्त्री ★   हार्दिक पाण्ड्यासँग किन रिसाए मालिंगा ? ★   शौचालयमा मृत भेटिइन् डा प्रतिभा ★   जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव ★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे

महाप्रबन्धकमाथि एसिड फ्याँकी आक्रमण



इरान, १४ मंसिर । इरानका एक अस्पतालका महाप्रबन्धकमाथि शनिबार एसिड आक्रमण भएको छ । मोटरसाइकलमा आएका दुई आक्रमणकारीले इरान अस्पतालका महाप्रबन्धकडा. आनभारीको अनुहारमा एसिड फ्याँकी आक्रमण गरेका प्रहरीले जानकारी दिएको छ ।

यसअघि भएका यस्ता एसिड आक्रमणमा विशेष गरी महिलालाई लक्ष्यगरी गर्ने गरिएको समाचारमा उल्लेख छ । प्रहरीले आफ्नो बेवसाइटमा रााखिको एक प्रतिवेदनअनुसार गत शनिबार राति इरान अस्पताल अन्तरगतको जियाइआन अस्पतालका प्रमुख डा आनभारीमाथि सो आक्रमण भएको हो ।

उक्त आक्रमणका कारण उनको दुवै आँखामा क्षति पुगेको र उपचारार्थ तुरुन्तै अस्पताल लगिएको थियो । सुरक्षाको कारण देखाउँदै डा. आनभारीको पहिलो नाम उल्लेख नगरेको प्रहरीले जानकारी दिएको छ ।

इस्फाहानको एक मुख्य सहरमा गत अक्टोबरमा कम्तीमा चारजना महिलामाथि एसिड फ्याँकी आक्रमण गरिएको थियो । तेरान र इस्फाहानमा भएको यी दुई आक्रमणबीच केही सम्बन्ध छ वा छैन सो भने खुलासा नभएको बताइएको छ ।