• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

तिब्बती गायकलाई चीनमा जेल सजाय



बेइजिङ, १५ मंसिर । एकजना तिब्बती गायकलाई चीन विरोधी गीत गाएको र सङ्गीत बजाएको आरोपमा चीनमा जेल सजाय सुनाइएको छ । ती गायकले तिब्बती नागरिकलाई आफ्नो भाषा बोल्न र चीनका विरुद्धमा एकताबद्ध हुन भनेको र सोही आशयका गीत र सङ्गीत उत्पान गरेको भन्दै सो सजाय सुनाइएको बताइएको छ ।
ती कलाकारलाई चीनको एक जिल्ला अदालतले चार वर्षको जेल सजाय सुनाएको सोमबार जानकारी दिइएको छ । कारसाङ यारफेल नामका ३९ वर्षीय ती गायकलाई सो सजाय सुनाइएको समाचारमा जनाइएको छ । हालैमात्र भएको एक सङ्गीत कार्यक्रममा उनले तिब्बती भाषामात्र बोल्न उक्साएको आरोप लगाइएको छ । उनले राजनीतिक गीत गाएको आरोप लगाइएको छ । चिनियाँ अधिकारीहरुले उनीमाथि गरिएको अनुसन्धानमा सो आशय रहेकाले जेल सजाय तोकिएको बताएका छन् ।