• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित

तिब्बती गायकलाई चीनमा जेल सजाय



बेइजिङ, १५ मंसिर । एकजना तिब्बती गायकलाई चीन विरोधी गीत गाएको र सङ्गीत बजाएको आरोपमा चीनमा जेल सजाय सुनाइएको छ । ती गायकले तिब्बती नागरिकलाई आफ्नो भाषा बोल्न र चीनका विरुद्धमा एकताबद्ध हुन भनेको र सोही आशयका गीत र सङ्गीत उत्पान गरेको भन्दै सो सजाय सुनाइएको बताइएको छ ।
ती कलाकारलाई चीनको एक जिल्ला अदालतले चार वर्षको जेल सजाय सुनाएको सोमबार जानकारी दिइएको छ । कारसाङ यारफेल नामका ३९ वर्षीय ती गायकलाई सो सजाय सुनाइएको समाचारमा जनाइएको छ । हालैमात्र भएको एक सङ्गीत कार्यक्रममा उनले तिब्बती भाषामात्र बोल्न उक्साएको आरोप लगाइएको छ । उनले राजनीतिक गीत गाएको आरोप लगाइएको छ । चिनियाँ अधिकारीहरुले उनीमाथि गरिएको अनुसन्धानमा सो आशय रहेकाले जेल सजाय तोकिएको बताएका छन् ।