• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

चीनमा पाँचलाख एड्स सङ्क्रमित



बेइजिङ, १५ मंसिर । चीनमा कम्तीमा पनि पाँच लाख एचआइभी एड्स सङ्क्रमित रहेका बताइएको छ । पछिल्लो तथ्याङ्कमा सो अवस्था देखिएको छ । पहिचान भएका मात्र पाँच लाख एड्स सङ्क्रमित रहेका र त्यसमा अझै दशौं हजार अरु व्यक्तिमा सो सङ्क्रमण रहेको अनुमान गरिएको पनि समाचारमा उल्लेख छ ।

यो पछिल्लो तथ्याङ्क विश्व स्वास्थ्य संगठनको हो । पहिचान हुन बाँकी रहेका अरुपनि सङ्क्रमितका बारेमा भने केही खुल्न सकेको छैन । चीनका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि बर्नहार्ड स्वार्टल्याण्डले सो तथ्य बाहिर ल्याएका हुन् । चीनको जनसङ्ख्या करिब एक अरब ३६ करोड रहेको छ । चीनमा एड्सका सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोले नागरिकमा यो सङ्क्रमण रोक्नका लागि विशेष कार्यक्रम अघि सार्नुपर्नेमा उनको जोड छ ।

साथै एड्सको सङ्क्रमण लिएर बाँचिरहेका नागरिकको सुरक्षा र स्वास्थ्यका लागि पनि चीन सरकारले केही काम गर्न आवश्यक रहेको उनको भनाई छ । चीनमा समलिङ्गीका कारण पनि एड्सको वृद्धिदर बढिरहेको बताइएको छ । बर्नहार्डले यस्ता व्यक्ति र यौनकर्मीमा पनि यो सङ्क्रमणको अवस्था हटाउनु आवश्यक रहेको बताए ।

चीनमा यो सङ्क्रमणका विरुद्ध जनचेतना फैलाउनु आवश्यक छ । उनका अनुसार यौनकर्मीहरुमा जनचेतना फैलाउनुका साथै एड्स सङ्क्रमितहरुमाथि हुने गरेका विभेदको अवस्था घटाउनु आवश्यक छ । विश्व एड्स दिवसका दिन पारेर एके पत्रिकामा उनको आलेख छापिएको छ । सो आलेखमा उनले यी तथ्यहरु सार्वजनिक गरेका हुन् ।

चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन नियोगले आइतबारमात्र चीनमा चार लाख ९७ हजार जना एड्स सङ्क्रमित रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । चीनमा स्न १९८५ मा पहिलो पटक एड्सका सङ्क्रमित बिरामी भेटिएका थिए । त्यसयता चीनले यो सङ्क्रमणको दर घटाउनका लागि गर्ने गरेका विभिन्न प्रयत्नका बाबजुद पनि त्यहाँ एड्स विस्फोट रुपमा वृद्धि भइरहेको छ ।

सन् २०१३ को सेप्टेम्बर महिनामा त्यहाँ चार लाख ३४ हजार जना एड्स सङ्क्रमित भेटिएका थिए । यो आँंकडा त्यसपछि बढेको हो । उक्त नियोगले गएको तीन दशकमा चीनमा एचआइभी एड्सको सङ्क्रमणबाटै मृत्युहुने व्यक्तिको सङ्ख्या एक लाख ५४ हजार रहेको छ । बर्सेनि त्यहाँ नयाँ नयाँ एचआइभी सङ्क्रमितहरुको सङ्ख्या थपिँदै छ । चीनमा ठूलो जनसङ्ख्या भएकाले पनि यस्ता सङ्क्रमित बढ्दै गएको पाइन्छ ।

चीनमा विशेषगरी समलिङ्गी पुरुषका कारण पनि यो सङ्क्रमणमा वृद्धि भइरहेको अधिकारीहरुको भनाई छ । गएको आठ महिनायता चीनमा एचआईभी एड्स सङ्क्रमितहरुमा गरिएको एक अध्ययनमा चीनमा बढिरहेका एचाआइभी सङ्क्रमितमध्ये २५ प्रतिशतको वृद्धि यसै कारणले भएको बताइएको छ । त्यसपछिको ठूलो सङ्ख्या महिला यौनकर्मीहरुको रहेको छ । उनीहरुका कारण पनि यो सङ्क्रमणको वृद्धिमा सहयोग पगेको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।