• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

शास्त्रको अनुशार यी बारहरुमा कपाल र दाह्री काट्न हुँदैन



परम्परादेखि नै कपाल र दाह्री काट्न बार पर्नुपर्छ भन्ने मान्यता रहेको छ । यो पनि मान्यता छ की अशुभ बारमा कपाल या दाह्री काटेमा अशुभ फल मिल्दछ । शास्त्रको अनुशार दैनिक जिवनमा शुभ फल पाउनको लागि केहि यस्ता परम्परागत नियम छन् जसको पालना गर्नु पर्दछ । यस्ता केहि परम्परा कपाल र दाह्री काट्ने कामसँग पनि सम्बन्धित छन् । हेरौं शास्त्रको अनुसार परम्परादेखि चल्दै आएका केहि कपाल र दाह्री काट्न शुभ र अशुभ मानिने बारहरु
यी दिनहरुमा नगर्नु यी कामहरु :
शास्त्रको अनुशार मंगलबार, बिहिबार र शनिबार कपाल र दाह्री काट्नु हँदैन । यी दिनहरुमा कपाल काटेमा अपशगुन मनिन्छ । आजभोली पनि गाउँघरका बुढापाकाहरुले पनि यी बारलाई कपाल दाह्री काट्नु अशुभ हुने बताउने गर्दछन् । हप्ताका केहि दिनहरुमा यस्ता ग्रहहरु निष्कन्छन् जो हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छन् शनिबार, मंगलबार र बिहिबार निष्कने किरण सीधै हाम्रो मस्तिष्कमा पर्छ । हाम्रो शरिरको सबैभन्दा संबेदनशिल र महत्वपूर्ण भाग मस्तिष्क हो । सिरको मध्य भाग अति संबेदनशिल र कोमल हुन्छ । जसको सुरक्षा कपालले गरेको हुन्छ । त्यसैले यी बारहरुमा कपाल नकाट्नु भन्छ शास्त्रले ।

शास्त्र अनुशार यी बार कपाल काटे यस्तोे फल पाइन्छ :
-मंगलबार कपाल काटेमा आठ महिना आयु कम हुन्छ ।
-बिहिबार कपाल काटेमा धन नोक्शानी हुन सक्छ । शास्त्रको अनुशार बिहिबार देवी लक्ष्मीको बार मानिन्छ ।
-शनिबार कपाल काटेमा आयु सात महिना घट्नेछ ।
अत: यी तीन बार बाहेकका चार बारहरु सोमबार, बुधबार, शुक्रबार र आइतबार कपाल काट्नु शुभ मानिन्छ । यी बार कपाल काट्दा कुनै पनि दोषको भागिदार हुनुपर्दैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ज्योतिषको मान्यता :
ज्योतिषका अनुशार मंगलबार मंगल देबताको दिन हो । शरीरमा मंगलको निवास हाम्रो रगतमा हुने गर्दछ । रगतबाटै कपालको उत्पति हुने हुँदा मंगलबार कपाल काट्नु राम्रो होइन । त्यस्तै शनिबार शनि ग्रहको दिन हो । शनिको संम्बन्ध हाम्रो छालामा हुन्छ । त्यसैले शनिबार पनि कपाल काट्नु अशुभ हुने न्योतिश शास्त्रमा उल्लेख छ ।
आजभोली यस्ता कुरालाई अन्धबिश्वासको रुपमा लिइन्छ । तर यी मान्यताहरु प्राचिन कालमा ऋषिमुनिले लामो अनुसन्धापछि पत्ता लगाएकोले यसले हाम्रो जिवनमा गहिरो प्रभाव पार्ने बिश्वास गर्नेहरु पनि धेरै छन् ।