• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   यस्तो छ इरफान पठानले टी–२० विश्वकपका लागि छानेको भारतको १५ सदस्यीय टोली ★   एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै ★   कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ ★   जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित ★   चेन्नईका फ्यानहरूको बीचमा लखनउका एक मात्र फ्यानले मजा लुटे ★   त्रिपालको ओतमुनि तातोपानी कुण्ड: बिरामीलाई सास्ती ★   रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध ★   कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ? ★   वेस्ट इन्डिजका खेलाडी स्वागतमा क्यान व्यवस्थापनमा उठ्यो प्रश्न, सामाजिक सञ्जालमा आलोचनाको ओइरो ★   माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल भन्छन्– सुहाङ्गले जिती सके

देवकोटाको ‘चम्पा’उपन्यास हिन्दीमा आउने



नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘चम्पा’उपन्यासलाई हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान साहित्य (अनुवाद) विभाग प्रमुख प्रा डा उषा ठाकुरले चालु आवमा देवकोटाको एक मात्र सो उपन्यास अनुवाद गरी प्रकाशनमा ल्याइने जानकारी दिए ।

उनले चालु आवमा नेपाली भाषाका प्रतिनिधि कविताको हिन्दी अनुवाद गरिने, इन्दिरा प्रसाईँको ‘रनमाया’ उपन्यास अङ्ग्रेजीमा अनुवाद गरिने, सार्कका महिला कथाकारका प्रतिनिधि कथा, पाश्चात्य समालोचना र संस्कृत आख्यानको नेपाली अनुवाद गरिने तथा हिन्दीका १५ र नेपाली भाषाका १०कथाको अवधी भाषामा अनुवाद गरिने बताए ।

प्राज्ञ प्रा डा ठाकुरका अनुसार रवीन्द्रनाथ ठाकुरका प्रतिनिधि कथाको हिन्दीबाट नेपालीमा अनुवाद तथा रामप्रसाद राय थारुद्वारा लिखित नेपाली भोजपुरी साहित्यको प्रथम उपन्यास ‘थरुहट के बउआ अओर बहुरिया’(थरुहटका छोरा र बुहारी),२०२९ को नेपाली अनुवाद गरिने योजना छ । विभागले हिन्दी भाषाको प्रज्ञा पत्रिका ‘रुपान्तरण’को तेस्रो अङ्कको तयारी पनि गर्दैछ ।