• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह ★   एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग ★   लुम्बिनी र सुदूरपश्चिममा आज हावाहुरीको सम्भावना ★   सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर ★   च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ? ★   ८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो ★   रोटरी क्लब अफ डामे बेल्जियमले नेपाल अपांग संघ अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने ★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा ★   इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती ★   कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन

संजय दत्तको जिवनीमा बन्ने चलचित्रमा रणवीर हिरो



अभिनेता संजय दत्तको जीवनीमा चलचित्र निर्माण हुने भएको छ । संजयको जीवन कथा २५ दिन लगाएर सिुनेपछि राजकुमार हिरानी संजयको जीवनीमा चलचित्र निर्देशन गर्न राजी भएका थिए ।

रणवीर कपूरले अभिनय गर्ने भनिएको संजयको बायोपिक चलचित्रका बारेमा निर्देशक हिरानीले भन्छन् ‘संजयको कथामा कुनै काल्पनिक घटना राखिने छैन । उनको जीवनमा घटेका राम्रा नराम्रा घटनालाई घटबढ नगरी चलचित्रमा प्रस्तुत गरिने छ । दर्शकले साँचो कुरा मात्र देख्न पाउने छन् ‘।

हिरानीले संजयको कथा तीन भागमा देखाईने बताए । पहिलो भागमा बाल्यकाल, चलचित्र क्षेत्रको प्रवेश र लागुपदार्थ दुर्व्यासनीको कथा देखाईने छ भने दोस्रो भागमा उनको चलचित्र जीवनको सफल यात्रा, जीवनमा आएका उतारचढाव र प्रेम अनि विवाहका प्रसँग देखाईने छ । यस्तै तेस्रो भागमा जेल जीवनसँगै मान्यतासँगको बिहेको कथा हुनेछ ।

बलिउडमा फरक शैलीका चलचित्र बनाउने चलचित्रकर्मीको रूपमा परिचित हिरानीले पहिलो पटक निर्देशन गरेको चलचित्र मुन्ना भाइ एमबिबिएस हो जसको मुख्य पात्र संजय दत्त नै थिए । यस्तै उनको दोस्रो चलचित्र लगे रहो मुन्ना भाइमा पनि संजय नै मुख्य अभिनेता थिए भने उनको पछिल्लो चलचित्र पीकेमा पनि संजय छुटेका छैनन् ।