• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

टीनएजमै बलात्कृत भएको लेडी गागाको खुलासा



बिश्व प्रसिद्ध पप गायीका लेडी गागाले आफू किशोरावस्थामै बलात्कृत भएको खुलासा गरेकी छिन् । त्यो पीडाले मनोबैज्ञानीक असर परेर भावानात्मक उपचारको साहरा लिएको पनि उनले बताईन् ।

हँवर्ड स्टर्नको साथ साक्षात्कार कार्यक्रमको दौरानमा गागाले खुलेर आफ्नो भावना र पीडालाई सबैलाई सुनाएकी थिइन् । २८ बर्षीय गागा आजभन्दा ९ बर्ष अगाडि १९ बर्षको उमेरमै यौन उत्पीडनको शिकार भएकी थिइन् ।

यो घटनापछि लामो समय मानसिक रुपमा बिक्षिप्त भएको सो साक्षात्कार कार्यक्रममा गागाले सुनाएकी थिइन् । यो कुरा यसअघि किन सार्वजनिक गर्नुभएन भन्ने प्रश्नमा गागा भन्छिन् म चाहन्न थिए की यहि कारणले बलत्कारीको अघि बढ्ने बाटो बन्ध नहोस् । गोप्य रुपमा नै उसले यो कर्मको सजाय भोगेको थियो ।