• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

‘क्रिस’को झल्को दिने ‘रथ’ (भिडियो सहित)



फिजल ईन्टरटेन्मेन्टको व्यानरमा तयार भएको चलचित्र ‘रथ’को फर्स्टलुक टिजर रिलिज भएको छ । सार्वजनिक भएको यो चलचित्रको टिजरले वलिउड चलचित्र ‘क्रिस’को झल्को दिन्छ । कैलाश अधिकारीको निर्देशन रहेको यो चलचित्र रोमान्टीक जनरामा राखिएको छ । चलचित्रमा बिशाल पोखरेल, बिनय भटट, आरजु अधिकारी, शर्मिला राई लगायतको अभिनय छ ।

हरिनारायण अधिकारीले खिचेको यो चलचित्रमा संगीत यादव योगीको छ । सुरेश चौधरीको कथा रहेको यो चलचित्रमा नृत्य सानु सुब्बाको छ । स्याम लवत, दिपेन्द्र धितात, अजित राईले लगानी गरेको यो चलचित्रको प्रदर्शन मिति टुङो लागेको छैन ।