• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो ★   वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति ★   श्रम सम्झौता पुनरावलोकन, लगानी वृद्धिदेखि विपिनको रिहाइ पहलसम्मका विषय पर्लान् त प्राथमिकतामा ? ★   युजवेन्द्र चहलले आईपीएलमा रचे इतिहास ★   शुक्लाफाँटामा बाघ बढे, एक दशकमा तेब्बरभन्दा बढीे ★   इन्टर मिलानले जित्यो सिरी ए लिग उपाधि ★   राजतन्त्रले घुँडा टेकेर गणतन्त्रको बिजारोपण भएको दिन ★   जैसवालको शतकमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले हरायो ★   कतारका अमिर आज आउँदै, स्वागत गर्न राष्ट्रपति नै विमानस्थल जाने ★   भारतीय दूतावासद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

डुङ्गा दुर्घटनामा एघारको मृत्यु



सोल, १७ मंसिर । दक्षिण कोरियाको बेरिङ्ग समुद्रमा एक माछामार्ने डुङ्गा डुब्दा भएको दुर्घटनामा मर्ने व्यक्तिको सङ्ख्या ११ पुगेको छ । बुधबार १० व्यक्तिको थप शव फेला परेपछि सो सङ्ख्या ११ पुगेका दक्षिण कोरियाका विदेशमन्त्रीले बताए ।

तीन दक्षिण कोरियाली, एक फिलिपिनो, छ इन्डोनेसियालीसहित १० व्यक्तिको शव बुधबार बिहान स्थानीय समयाअनुसार बिहान ११ः५० बजे फेला परेको जनाइएको छ । सो डुङ्गामा ११ जना दक्षिण कोरियाली, ३५ जना इन्डोनेसियाली र १३ फिलिपिनो नागरिक सवार रहेका थिए । सो दुर्घटनामा ११ व्यक्तिको मृत्यु हुनुको साथै ४२ जना बेपत्ता रहेका बुधबार पुष्टि भएको छ ।