• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

‘तथास्तु’को ट्रेलर रिलिज,रेखा थापा हावी



आगामी पुष २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र तथास्तुको आर्कषक ट्रेलर रिलिज गरेको छ । चलचित्र युनिटले सार्वजनिक गरेको ट्रेलरमा नायीका रेखा थापाको आर्कषक एक्शन अवतार देख्न सकिन्छ । रेखाको एकशनले नै दर्शकको मन जित्नेमा निर्माणपक्ष विस्वस्त छ ।

आफुले अभिनय गरेका पछिल्ला चलचित्रमा एक्शन लेडीको रुपमा देखा पर्ने नायिका रेखा चलचित्र तथास्तुमा पनि भरपुर एक्शनमा देखिने बताइएको छ । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । पुष २५ मा तथास्तु सँगै चलचित्र आभाष र नाइके पनि रिलिज हुने छ । चलचित्र तथास्थुमा रेखाको अलवा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी लगायतले अभिनय गरेका छन् । काठमाडौं, कालिञ्चोकमा सुटिङ गरिएको चलतित्र तथास्तु लाई जगदिश्वर थापाले लेखेका हुन् ।