• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

सोनाक्षी सिन्हाले चलचित्र क्षेत्र छोड्ने !



के बलीउडकी सफल अभिनेत्री सोनाक्षी सिन्हाले चलचित्र क्षेत्र छोड्न सक्लिन् ? तपाईलाई बिश्वास नै नलाग्न सक्छ की यति धेरै सफलता पाउदा पाउदै कोहिपनि कलाकारले रंगीन दुनियाको काम नै छोड्न तयार होला भनेर । तर सोनाक्षीले एक अन्तरवार्तामा यस्तै संकेत दिएकी छिन् ।

सोनाक्षीले आफू चलचित्र क्षेत्रमा काम गर्न कहिल्यै इच्छुक नभएको बताएकी छिन् । हुनत मेरो घरमा बचपनदेखि नै चलचित्र र अभिनयको माहोल थियो । तर पनि ठूलो भएपछि चलचित्र क्षेत्रमै काम गर्छु भन्ने कहिल्यैं नलागेको उनी बताउछिन् । यदि अन्य पेशामा राम्रो अवशर पाएमा चलचित्र क्षेत्र छोडिदिने पनि उनले सो अन्तरर्वातामा खुलाएकी छिन् ।

हाल आगामी शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र एक्शन ज्याक्शनको प्रमोशनमा व्यास्थ यी अभिनेत्रीले अब प्रभू देवासँग काम नगर्ने पनि बताएकी छिन् । प्रभूको चलचित्रमा दोहोरिरहेकी सोनाक्षी केहि समय प्रभूबाट रेष्ट खोजेको आशय व्याक्त गरेकी थिइन् ।