• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

चीनका पूर्व सुरक्षाप्रमुख पक्राउ



बेइजिङ, २० मंसिर । चिनियाँ कम्युनिस्ट पार्टीले पूर्व सुरक्षाप्रमुख झाउ योङकाङलाई पक्राउ गर्ने र बर्खास्त गर्ने निर्णय गरेको छ र यसलाई पर्यवेक्षकहरूले राष्ट्रपति सी जिनपिङको शक्ति सुदृढीकरणको रूपमा हेरेका छन् ।

झाउले चीनको सबैभन्दा शक्तिशाली पोलिटब्युरो स्थायी समिति (पीएससी) बाट सन् २०१२ मा अवकाश प्राप्त गरेका थिए । उनलाई हाल घुस लिएको तथा राज्यको गोप्य कुरा चुहाएको आरोपमा न्यायिक अनुसन्धान राखिएको जानकारी सिन्हवा समाचार संस्थाले दिएको छ ।

चीनमा सन् १९८० मा संस्थापक नेता माओ जेदोङका विधवासहित चार व्यक्तिको समूह ‘ग्याङ अफ फोर’लाई अनुसन्धानका लागि पक्राउ गरिएपछि कम्युनिस्ट पार्टीका सबैभन्दा वरिष्ठ व्यक्तिमाथि अनुसन्धान गर्न खोजिएका झाउ पहिलो व्यक्ति हुन् ।

फोर्डहाम ल स्कुलका चिनियाँ कानुनसम्बन्धी विशेषज्ञ कार्ल मिन्जनरले चिनियाँ पार्टीका सबैभन्दा माथिल्ला पदमा रहेका नेताहरूलाई पदमुक्त भएपछि उनीहरूमाथि कारबाही नचलाउने लामो समयसम्म चलेको आन्तरिक मान्यता तोडिएको जस्तो देखिएको बताएका छन् ।