• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

‘हाम्रो न्यायपालिका पर्दाभित्र र बाहिर’ पुस्तक प्रकाशित



वरिष्ठ अधिवक्ता डा. शङ्करकुमार श्रेष्ठको ‘हाम्रो न्यायपालिका पर्दाभित्र र बाहिर’ नामक पुस्तक प्रकाशित भएको छ । चारपुस्तादेखिको मान्य संस्थाको हैसियतमा काम गर्दै आएको न्यायपालिका बेलाबखत आहत हुँदा लेखिएका लेख तथा कार्यपत्र यस पुस्तकमा समावेश गरिएको लेखक डा. श्रेष्ठ बताछन् ।

एकसय एकान्नब्बे पृष्ठको सो पुस्तकमा न्यायाधीश नियुक्ति प्रसङ्ग, संसदीय सुनुवाइको व्यवस्था, सेवानिवृत्त न्यायाधीशलाई पुनः नोकरी, प्रधानन्यायाधीशका चुनौतीहरु, अदालतमा भ्रष्टाचार निवारण, अदालतमा भ्रष्टाचार सञ्जाल, कानुनका आर्यभट्टहरू, न्यायाधीश पुनर्नियुक्ति, सर्वसम्मतिको कैदी न्यायपरिषद्, बेञ्च र बारबीचको शीत युद्ध, न्यायाधीशलक्ष्यित केही यक्षप्रश्न, कानुन मन्त्रीको नियत कि नियति जस्ता विषयका ३४ लेख समावेश छन् ।

यसअघि लेखक श्रेष्ठले न्याय तथा कानुनको कठघरामा, पीडित न्याय प्रणाली ः सन्दर्भ र परिवेश, डिक्शनरी अफ ल एन्ड जस्टिस, नेपाली ल डिक्शनरी, कम्प्रिहेन्सिभ डिक्शनरी, इङ्लिस–नेपाली डिक्शनरीलगायतका पुस्तक प्रकाशित भइसकेका छन् ।

यसैबीच, पैरवी प्रकाशनले आजदेखि नेपाल बार एसोसिएसनको सभाकक्षमा कानुनसम्बन्धी पुस्तकहरूको प्रदर्शनी आयोजना गरेको छ । मंसिर मसान्तसम्म सञ्चालन हुने सो प्रदर्शनीमा छुटसहित आयोजक संस्था र कानुन किताव व्यवस्था समितिबाट प्रकाशित ऐन तथा नियम सङ्ग्रहका साथै विभिन्न लेखकका पुस्तक बिक्रीका लागि राखिएका छन् ।