• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   कतारका राजा काठमाडौँमा, राष्ट्रपतिबाट स्वागत ★   कतारका राजा काठमाडौँमा ★   ६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ★   नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन: मन्त्री भण्डारी ★   रिसाएकी पत्नीलाई कसरी फकाउने ? ★   हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा ★   कतारका राजालाई स्वागत गर्दै लिङ्देनको प्रतिक्रिया – ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ ★   सरकारले व्यवसायीको हकहतिमा काम गर्नुपर्छ : सांसद डा शर्मा ★   राजस्थान रोयल्ससँगको लज्जास्पद हारपछि के भने हार्दिक पाण्ड्याले ? ★   ‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’

लभ लेटरको मूल्य ७८ हजार डलर



एजेन्सी, २२ मंसिर । अभिनयमा भन्दा मोडलिङमा बढी नाम कमाएकी अमेरिकी सेक्स सिम्बोल मर्लिन मुनरोको जीवन ३६ वर्षमै सकिएको थियो । १६ वर्षमा पहिलो विवाह गरेकी उनले जीवनमा ३ विवाह गरिन । तर तिनवटै विवाह डिर्भोसमा गएर टुंगिएका थिए ।
पहिलो बिहे प्रहरी अधिकृत जेम्स डौघर्टीसँग चार बर्ष टिकाएकी मर्लिनले दोस्रो विवाह अमेरिकी बेसबल खेलाडी डिम्यायीओसँग गरिन । तर दोस्रो बिहे त हिनमुन समयमै संकटग्रस्त भयो । जोयसँगको विवाह टुंगिए पनि दुईबीचाके प्रेमले अझै चर्चा पाइरहेको छ ।
मर्लिनले आफूहरुसँग डिर्भोस गर्ने थाहापाएपछि जोयले प्रेममा पागल भएर चिठी लेखेका थिए । डियर बेबी भनेर सम्बोधन गरिएका ३ सय थान लभलेटर शनिबार लिलामीमा बढाबढमा बिक्री भए । ७८ हजार डलरमा । ची चिठीको क्रेताको नाम गोप्य राखिएको छ । मर्लिनले आफनो तेस्रो पतिलाई लेखेको अन्तिम चिठी पनि साढे ४३ हजारमा विक्री भए । कान्तिपुर दैनिकमा समाचार छ ।