• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

एमाओवादी एक अर्ब ऋणमा



काठमाडौं, २२ मंसिर । युद्दकालदेखि नै ऋणमा रहेको एमाओवादीका कमिटिहरु दुईपटकका संविधानसभा निर्वाचनले चुर्लुम्म डुबेका छन्। शान्तिप्रक्रियामा र संविधानसभा चुनावसम्म गरी करिब एक अर्ब ऋणमा छ एमाओवादी ।
दुईपटक भएको संविधानसभा चुनावका लागि र कतिपय ठाउँमा निजी प्रयोजनका लागि लिएको ऋण तिर्न नसक्दा धेरै नेता नतावमा छन् । कतिपय नेताले ऋण तिर्न नसकेर जिल्ला आउजाउ गर्नै घटाएका छन् ।
पाँचथरका पूर्व जिल्ला इन्चार्ज तथा सभासद् श्रीप्रसाद जबेगुले चुनाव प्रचारमा गाउँ जाँदा ‘ऋण कहिले तिर्ने’ भनेर साहुहरुले उल्टै हप्काएको र अदालत जाने चेतावनी सुनाएको बताए। पछिल्लो पटक संविधानसभा चुनावमा कार्यकर्तालाई खुवाएको खाना, माइक र मञ्च व्यवस्थापनसम्मको रकम एमाओवादीले अझै तिर्न सकेको छैन ।
केन्द्रले जिल्लामा लिइएको ऋण स्थानीयस्तरबाटै व्यवस्थापन गर्न निर्देशन दिएको छ । तर,जिल्लाले सकेको छैन । जिल्ला नेतृत्व चाँडोचाँडो फेरिने र पार्टी अन्तरसंघर्षको समस्याले ऋण व्यवस्थापन जटिल बनेको नेताहरु बताउँछन् ।
एमाओवादीको अहिले मासिक आम्दानी केबल १० लाख मात्रै छ । यो आम्दानी पनि सभासद्हरुबाट हुने गरेको हो ।
दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही ४ मा भएको खर्चमध्ये झन्डै ४० लाख रुपैयाँ अझै तिर्न बाँकी छ । यो क्षेत्रबाट बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनाव लडेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।