• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

डुङ्गा दुर्घटनामा कम्तिमा ७० जनाको मृत्यु



एजेन्सी, २२ मंसिर । यमनको पश्चिम तटिय क्षेत्रमा डुङगा दुर्घटना हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांस इथोपियाका नागरिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
इथोपियाबाट युरोपका राष्ट्रमा छिर्न लागेको डुङ्गा खराब मौसमका कारण दुर्घटना भएको हो । हरेक बर्ष लालसागर हुँदै अफ्रिका र यमनका हजारौ नागरिक यसरी नै जोखिमपुर्ण यात्रा गर्ने गर्दछन् । जसका कारण हरेक बर्ष ठूला ठूला दुर्घटना हुने गरेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार जोखिमपुर्ण यात्राका कारण पछिल्लो बर्षमा २ सयभन्दा बढीको मृत्यु भईसकेको छ ।