• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत ★   युएईविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दुई विकेट ★   सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छः अध्यक्ष ढकाल ★   युएईविरुद्ध नेपाललाई दोस्रो सफलता ★   जसपा सांसद खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण ★   सोमपालले दिलाए नेपाललाई पहिलो सफलता ★   मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी ★   अफ्रिकी किशोरी भन्छन् – नेपाली भाषा र संस्कृति लैजान्छौँँ ★   गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे ★   एसिसी प्रिमियर कप: नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

रणबीरले बिहेको डेट फिक्स गर्न कैटरीनाको आमालाई भेट्ने



हाल लिभ इन रिलेशनशिपमा रहेका बलीउड लवबर्ड रणबीर कपूर र कैटरीना कैफ एक दोश्रोको परिवारसँग घुलमिल गर्ने प्रयासमा लागेका छन् । केहि बर्ष अगाडिसम्म बिहेको लागि सहमत नभएका उनीहरुका परिवारहरु अन्तत समय मिलायर यी दुईको बिहे प्रक्रिया टुङ्याइदिने मनस्थीतिमा पुगेको बुझिएको छ । यसै सिलसिलामा रणबीर र कैटरीना नयाँ बर्षको अबशर पारेर लण्डनमा कैटरीनाको आमालाई भेट्न जाने तयारीमा लागेका छन् ।

रणबीर केहि समय कैटरीनाको आमासँग बिताउन चाहेको बताएका छन् । अहिलेसम्म रणबीर र कैटरीनाको आमाको भेट भएको छैन । बिहेको बिषयमा कुरा गर्न पनि रणबीर कैटरीनाको आमालाई भेट्न हतार गरिरहेका छन् । एक सुत्रको अनुशार रणबीर र कैटरीनाको आमाको भेटमा बिहेको डेट पनि फिक्स हुन सक्नेछ । रणबीर कैटरीना दुबै छिट्टै बिहे गर्ने मनस्थीतिमा रहेको बुझिएको छ ।