• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

चिसोको कारण छ व्यक्तिको मृत्यु



नयाँ दिल्ली, २३ मंसिर । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबारदेखि मङ्गलबारसम्म चिसो मौसमका कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

चिसोको कारण ज्यान गुमाएका ती सबै व्यक्ति उत्तर प्रदेशको पूर्वी भागमा रहेका छन् । यसै हप्ताबाट सुरुदेखि चिसोले प्रभावित सो स्थानहरुमा कम तापक्रमको साथसाथै भारी कुहिरोले सताएको स्थानीय सञ्चारमाध्यम इन्डो एसियन समाचार सेवाले जनाएको छ ।

यद्यपि प्राप्त समाचारमा चिसोका कारण मृत्यु भएका ती व्यक्तिहरुको विस्तृत विवरण भने दिइएको छैन् । उत्तरी भारतीय राज्यमा जाडो मौसमको प्रवेशसँग कम तापक्रम र असामान्य मौसमी घटनाले सताउने गर्दछ ।