चलचित्र हाउसफूलको सेटमा एक बादरलाई, शौकिन्सको सेटमा अनुपम खेरलाई कुटेका बलीउड नायक अक्षय कुमारले हाल फ्लोरमा रहेको चलचित्र गब्बरमा भने एक फ्यानलाई कुटेका छन् । हामीले प्रस्तुत गरेको पहिलो र दोश्रो कुटाई त स्क्रीप्टले मागेर कुटेका थिए भने पछिल्लो कुटाई भने उनको अन्तर मनको माग थियो ।
खबर अनुसार हाल शुटिङको क्रममा रहेको चलचित्र गब्बरको छायांकनको क्रममा उनले आफ्नै फ्यानलाई कुटेका हुन् । ती फनले शुटिङ जोन क्रस गरेर लुक्दै अक्षयको फोटो खिचिरहेका थिए । पटक पटक यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनलाई अक्षयले हातपात गरेका हुन् ।
बलीउडका सेलीब्रेटीले यसरी आफ्नै फ्यान कुटेको यो पहिलो घटना भने होईन । यसअघि अभिनेता सलमान खान, गोविन्दा अभिनेत्री प्रियंका चोपडा, जेनेलीया लगायतले पनि यसरी फ्यानलाई हातपात गरेका थिए ।
अक्षय कुमार र श्रुति हसनको मूख्य अभिनय रहेको चलचित्र गब्बर ३ अप्रिलमा रिलिज हुनेछ । यो तामिल चलचित्र रामन्नाको रिमेक हो ।