• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल

सिड्नीमा तामाङ ल्होछारको भव्य तयारी



सिड्नी । सिड्नीमा तामाङ ल्होछार साँझको भव्य तयारी भैरहेको छ । तामाङ सोसाइटी अफ एनएसडब्लु को आयोजनामा आगामी जनवरी २४ तारिखमा हुने तामाङ ल्होछारको तयारी अहिले देखि नै भैरहेको हो ।
नेपालबाट अष्ट्रेलियामा पुगेका तामाङ समुदायका अगुवाहरु रहेको सोसाइटीले सन् २००९ देखि नै प्रवास भूमि सिड्नी, अस्ट्रेलियामा तामाङहरुको भाषा, धर्म, लिपि, कला र संस्कृतिको विकाश, सम्बर्धन र संरक्षणको लागि योगदान पु-याउँदै आएको छ ।
त्यसैको निरन्तरता स्वरुप यो बर्ष पनि ल्होछार पर्व का अवसरमा ल्होछार साँझ मनाउन लागिएको आयोजकले जनाएको छ ।
आफ्नो नया बर्ष लाई सिड्नी वासी सम्पूर्ण नेपालीहरुलाई एकै स्थानमा आमन्त्रण गरि भव्य ताका साथ “ल्होछार”मनाउन थालिएको नेपाली तामाङ सोसाइटी सिड्नीका अध्यक्ष अरुण तामाङले जानकारी दिए । आयोजकले कार्यक्रममा उपस्थित हुन अष्ट्रेलियाको सिड्नीमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेको छ ।
कार्यक्रममा सिड्नीका स्थानीय कलाकारहरुका साथै सेलोकी मास्टर चन्द्र दोङ तथा शशिकला मोक्तानको बिशेष प्रस्तुति पनि रहने भएको छ ।
यस्तै, तामांग नेपालीहरुले चन्द्र पात्रो लाई आधार मानेर मनाउने यो नया वर्षलाई ” Sheep of the year ” को रुपमा पनि मनाउने गरिएको छ ।
तामाङ सोसाइटी अफ एनएसडब्लुले सम्पूर्ण देश तथा विदेशमा रहने तामाङ् नाना, आङ, ज्यो ज्यो, आले लगायत सबै नेपाली दाज्यु भाई तथा दिदीबहिनीहरुलाई २८५१ औँ सोनाम ल्होछारको अवसरमा शुभकामना पनि व्यक्त गरेको छ ।