• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

डुङ्गा दुर्घटनामा तीनको मृत्यु



चीन, २५ मंसिर । पूर्वी चीनको एक समुद्रमा बिहीबार दुईवटा कार्गो डुङ्गा एकापसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ६ जना बेपत्ता भएका पनि स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

फुजियान प्रान्तीय सामुद्रिक खोजी र उद्धार केन्द्रले स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे उक्त घटनाको समाचार प्राप्त गरेको बताएको छ । सो दुर्घटनामा परी नान्री द्वीपको पानी १३ व्यक्ति रहेका सोमध्ये चार व्यक्तिलाई मात्र उद्धार गर्न सकिएको सामुद्रिक अधिकारीहरुले जनाकारी दिएका छन् । उद्धार कार्य जारी रहेको बताइएको छ । दुर्घटनाग्रस्त दुवै डुङ्गा चिनियाँ नै भएको जनाइएको छ ।