• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा

गहुँखेतीप्रति कृषकको आकर्षण घट्दो



ललितपुर, २५ मंसिर । जिल्लामा हरेक वर्ष गहुँखेती गर्ने कृषकहरु क्रमिक रुपमा घट्ने गरेको जिल्ला कृषि विकास कार्यालय ललितपुरले बताएको छ । कार्यालयका सूचना अधिकृत हरि पण्डितका अनुसार अहिले कृषक व्यावसायिक तरकारीखेती प्रति बढी आकर्षित भएकाले अन्न बाली लगाउने किसान कम भएका हुन् ।

ललितपुरमा खेती हुने जमिनमध्ये अहिले ४ हजार हेक्टर जमिनमा मात्र गहुँ खेती हुदै आएको छ । विगतका वर्षहरुमा ४ हजार ५० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको थियो । यही अनुपातमा यस खेतीप्रति कृषकको आकर्षण घट्ने हो भने अबको केही वर्षमा अन्न बाली खेती गर्ने कृषकहरुको सङ्ख्या अत्यन्तै कम हुने पक्का रहेको पण्डित बताछन् ।

उनका अनुसार अन्न खेतीबाट तुरुन्तै आम्दानी लिन नसकिने र लामो समय कुर्नु पर्ने भएकाले अन्न बालीप्रतिको आकर्षण घटेको हो । अहिले ललितपुरमा मुख्य गरी बुङ्मति, लामाटार, ठैब र ठोचेमा गहुँ खेती हँुदै आएको छ । जिल्ला कृषि विकास कार्यलय ललितपुरले यस वर्ष उन्नत जातको गहुँको बीउको विस्तार र गुणस्तरीय बीउमा जिल्लालाई आत्मनिर्भर बनाउन १५ हेक्टर जमिनमा यसको खेती गरेको बताएको छ ।