• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित ★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल ★   वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ ★   बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे ★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै ★   चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष ★   मायाको पहिचानको अर्को सफलता: समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने

गहुँखेतीप्रति कृषकको आकर्षण घट्दो



ललितपुर, २५ मंसिर । जिल्लामा हरेक वर्ष गहुँखेती गर्ने कृषकहरु क्रमिक रुपमा घट्ने गरेको जिल्ला कृषि विकास कार्यालय ललितपुरले बताएको छ । कार्यालयका सूचना अधिकृत हरि पण्डितका अनुसार अहिले कृषक व्यावसायिक तरकारीखेती प्रति बढी आकर्षित भएकाले अन्न बाली लगाउने किसान कम भएका हुन् ।

ललितपुरमा खेती हुने जमिनमध्ये अहिले ४ हजार हेक्टर जमिनमा मात्र गहुँ खेती हुदै आएको छ । विगतका वर्षहरुमा ४ हजार ५० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको थियो । यही अनुपातमा यस खेतीप्रति कृषकको आकर्षण घट्ने हो भने अबको केही वर्षमा अन्न बाली खेती गर्ने कृषकहरुको सङ्ख्या अत्यन्तै कम हुने पक्का रहेको पण्डित बताछन् ।

उनका अनुसार अन्न खेतीबाट तुरुन्तै आम्दानी लिन नसकिने र लामो समय कुर्नु पर्ने भएकाले अन्न बालीप्रतिको आकर्षण घटेको हो । अहिले ललितपुरमा मुख्य गरी बुङ्मति, लामाटार, ठैब र ठोचेमा गहुँ खेती हँुदै आएको छ । जिल्ला कृषि विकास कार्यलय ललितपुरले यस वर्ष उन्नत जातको गहुँको बीउको विस्तार र गुणस्तरीय बीउमा जिल्लालाई आत्मनिर्भर बनाउन १५ हेक्टर जमिनमा यसको खेती गरेको बताएको छ ।