• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

छोरीले मेरा चलचित्रहरु मन पराउदिन -काजोल



काजोल देभगन अभिनित अभिकाँश चलचित्रहरुले बलीउडमा सफलता हात पारेका छन् । काजोल र शाहरुख खान अभिनित चलचित्र दिल वाले दुल्हनिया ले जाइगेलेत मराठा सिनेमा घरबाट प्रदर्शनको एक हजार हप्ता पार गरिसकेको छ भने अझै निरन्तर प्रदर्शन भैरहेको छ । चलचित्रमा काजोलको अभिनयले तत्कालिन अबस्थामा धेरैलाई मन्त्रमुग्द बनाउने गर्दथ्यो । चलचित्र क्षेत्रबाटै प्रसस्थ नाम र दाम कमाउन सफल यीनै नायीकाकी छोरी न्यासाले भने आफ्नी आमाको चलचित्र मन पराउदिनन् ।

काजोलका अनुसार उनकी छोरी आमाको अभिनय रहेको चलचित्र भन्दा बाबु अजय देभगनको अभिनय रहेका चलचित्र मन पराउदछिन् । आफ्ना चलचित्रमा रोनाधोना बढी भएकोले छोरीले रुन्चे मम्मी भनेर जिस्क्याउने गरेको कजोल बताउछिन् । आफ्ना चलचित्र बच्चाहरुले हेर्ने खालका नभएको पनि उनले बताएकी छिन् । अहिले गोलमाल जस्ता चलचित्रमा पनि काम गर्नुपर्ने रहेछ जस्तो लाग्ने गरेको पनि काजोलले खुलाइन् ।