• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

बर्ष २०१४ मा बलिउडका दश सफल चलचित्र



बर्ष २०१४ ले कोल्टे फेर्दै गर्दा बलिउडमा बर्षभरी प्रदर्शनमा आएका चलचित्रहरुको लेखा जोखा शूरु भएको छ । कुन चलचित्र सय करोड क्लबमा प्रवेश गर्यो, कुन चलचित्र फ्लप भयो र कुन कलाकारको दबदवा रयो भन्ने लेखाजोखा पनि हुने नै भयो । हामी यहाँ बर्ष २०१४ मा राम्रो कलेक्शन गर्न सफल दश चलचित्रको लेखाजोखा गर्ने प्रयास गरेका छौं । यो बर्ष जम्मा आठ ओटा चलचित्र सय करोड क्लबमा प्रबेश गरेका थिए भने कलाकारहरुमा पुरानै कलाकारहरुको दबदवा कायमै रहेको पाइयो । बर्षको अन्त्यमा आमिर खान अभिनित चलचित्र पीकेलाई यो बर्षको प्रतिष्ठीत चलचित्र मानिएकोले यसले यो बर्षको रेकर्ड तोड्न सक्ने आँकलन पनि गरिएको छ । तर आजका दिनसम्म हेर्ने हो भने बलीउडका टप टेन चलचित्रहरु यस प्रकार रहेका छन् :


१ह्याप्पी न्यू इयर :

बर्ष २०१४ को अत्यन्तै सफल मानिएको चलचित्र हो ह्याप्पी न्यू इयर । यो चलचित्र प्रदर्शनकै दिन सबैभन्दा धेरै कमाई गर्ने चलचित्र पनि बनेको छ । चलचित्रले पहिलो दिनमै ३७ करोडको कलेक्शन गर्न सफल भएको थियो । चलचित्रको ग्रस कलेक्शन भने ३०० करोड रहेको छ । यस चलचित्रमा शाहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, शोनु सुद लगायतको अभिाय रहेको थियो । चलचित्रको कहानी भने एउटा बहुमुल्य हिरा चोर्ने डान्स ग्याङमा आधारीत थियो ।


२ किक
 :

यो बर्षको दोश्रो सफल चलचित्र हो किक । सलमान खान र जैक्लीन फनार्डिजको मूख्य भस्मिका रहेको किकले २३३ करोड कारोबार गरि सय करोडमा पर्न सफल भएको थियो । गत जुलाई २५ मा रिलिज भएको यो चलचित्रलाई सादीज नाडियालले निर्देशन गरेका थिए । रोमान्टीक एक्शन जनराको यो चलचित्रमा सलमान खानको एक्शनलाई धेरैले रुचाएका थिए । चलचित्रलाई फराह खानले निर्देशन गरेकी थिइन् ।

३ बैंग बैंग :

ऋतिक रोशन र कैटरीना कैफ अचिनित चलचित्र बैंग बैंग यो बर्षको अर्को सफल चलचित्र हो । कमाइका आधारमा तेश्रो स्थानमा रहेको यो चलचित्र पनि एक्शन थ्रीलर जनरामा बनेको थियो । चलचित्र काइट्समा रुचाईएको ऋतिक र कैटरीनाको जोडिले बैंग बैंगमा पनि वाहिवाहि पायो । चलचित्रले कुल १८१.०३ करोड कलेक्शन गरेको थियो । सिद्धार्थ आनान्द निर्देशित यो चलचित्र २ अक्टोवरमा रिलिज भएको थियो ।


४ सिंघम रिटन्र्स
 :

रोहित सेष्ठी निर्देशित चलचित्र सिंघम रिटन्र्स यो बर्षको चौथो सफल चलचित्र हो । अजय देभगन र करीना कपूरको अभिनय रहेको यो चलचित्रले १४१ करोड कलेक्शन गरि सय करोड क्लबमा प्रबेश गरेको थियो । चलचित्र अगष्ट १५मा दिपावलीको अवशर पारेर रिलिज गरिएको थियो । एक्शन जनराको यो चलचित्रमा अजय एक पुलिस अफिसरको भूमिकामा देखिएका थिए । रोहित र अजयको सहकार्य बलीउडमा निकै फापेको मानिन्छ । यी दुईले सँगै काम गरेका सबै चलचित्र सफल भएका छन् ।


५ होलिडे
 :

गत ६ जुनमा प्रदर्शनमा आएको चलचित्र होलिडेले पनि बक्श अफीसमा राम्रो कलेक्शन गर्न सफल भएको थियो । अक्षय कुमार र सोनाक्षी सिन्हा अभिनित यो चलचित्रलाई ए आर मुर्दोशले निर्देशन गरेका थिए । चलचित्रले ११२.६५ करोड कलेक्शन गरेको थियो । एक्शन जनराको यो चलचित्रमा पनि अभिनेता अक्षय कुमार एक प्रहरी अधिकृतकै भूमिकामा रहेका थिए ।


६ जय हो
 :

यो बर्षको शुरुमा नै प्रदर्शनमा आएको चलचित्र किकलाई सलमान खानको नराम्रो चलचित्रको रुपमा व्याख्या गरिए पनि सय करोड क्लबमा भने प्रबेश गरेको थियो । राजनितीक बिषयमा केन्द्रित यो चलचित्रलाई सोहिल खानले निर्देशन गरेका थिए । प्राय सलमान अभिनित चलचित्रले बक्श अफिसमा कुनै न कुनै रेकर्ड राख्ने गरेकोमा जय हो भने रेकर्ड बिहिन भएको थियो ।चलचित्रले १११ करोडको कारोवार गरेको थियो ।


७ एक भिलेन
 :

नयाँ र मध्यम कलाकारकै हालीमूहाली रहेको चलचित्र एक भिलेन पनि बर्ष २०१४ मा सफल चलचित्रको रुपमा दहरीन सफल भयो चलचित्रले १०५.५० करोडको कारोबार गरी सय करोडमा प्रबेश गरेको थियो । चलचित्रमा श्रद्धा कपूर, रितेश देशमूख र सिद्धार्थ महोत्राको मूख्य अभिनय रहेको थियो । २७ जुनमा रिलिज भएको यो चलचित्र त्रिकोणत्मक प्रेम कथामा आधारित थियो ।


८ २ स्टेट्स
 :

यो चलचित्र बर्ष २०१४ मा प्रदर्शनमा आएमध्ये सय करोड क्लबमा प्रबेश पाएको अन्तिम चलचित्र हो । चलचित्रले १०४ करोडको कारोवार गरेको थियो । बलीउडमा नयाँ कलाकारको अभिनय रहेका चलचित्रले पनि सय करोड क्लबमा प्रवेश गर्न सक्छन् भन्ने अर्को उदाहरण हो २ स्टेट्स । यो चलचित्रमा पनि नया कलाकार आलिया भट्ट र अर्जुन कपूरको अभिनय रहेको थियो । १८ अप्रिलमा रिलिज गरिएको यो चलचित्र प्रेम कथामा आधारित थियो ।


९ हंपटी शर्माकी दुल्हनिया
 :

करन जौहरको निर्देशन रहेको यो चलचित्र पनि बषै २०१४ मा प्रदर्शनमा आएका सफल चलचित्रको नबैं नम्मरमा परेको छ । जुलाई ११ मा रिलिज भएको यो चलचित्रमा पनि नयाँ कलाकार आलिया भट्ट र वरुण धावनको मूख्य भूमिका रहेको थियो । चलचित्र स्टुडेन्ट अफ दि इयरमा वाईवाई पाएको यो जोडिले चलचित्र हंपटी शर्माकी दुल्हनियाबाट थप चर्चा पायो । चलचित्रले ७६.८१ करोडको कारोबार गरेको थियो ।


१० गुण्डे
 :

अली अब्वास जफरको निर्देशन रहेको चलचित्र गुण्डे सफल चलचित्रको दशैं नम्मरमा अटाएको छ । सम्भबत आमिर खानको पीके रिलिज भएपछि बर्ष २०१४ को सफल १० चलचित्रबाट यो चलचित्र बाहिरिने छ । प्रियंका चोपंडा, रणवीर शिंह र अर्जुन कपूरको मूख्य भूमिका रहेको यो चलचित्रले ७६.५५ करोडको कारोबार गरेको थियो । यो चलचित्र १४ फेव्रुवरीमा रिलिज भएको थियो ।